Friday 17th May 2024

मृत्युदण्डबाट बचाउनको लागि कुवेतबाट ४६ हजार भन्दा बढी आर्थिक सहयोग


तितोपाटी – कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ ।

चितवन जिल्ला खैरहनी नगरपालिका १० गोठौली स्थाइ घर भएका सुकराम महतोको छोरा वर्ष २६ का जलेश्वर चौधरी वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्ष पहिले साउदी अरेबिया पुगेका थिए । साउदी अरेबियामा गाडीको ड्राइभर काम गर्ने क्रममा कारले पछाडी बाट ठक्कर दिई कार ड्राइभरको मृत्यु भएको हुँदा उनलाई साउदीको कानुन अनुसार नेपाली ४५ लाख   रुपैयाँ ब्लडमनी तिर्नु पर्ने भएको छ । यदि त्यो रकम तिर्न नसके उनलाई  मृत्युदण्ड हुने भएको छ ।

उनको घरको आर्थिक अवस्था अत्यन्त न्यून भएकोले उक्त रकम भुक्तान गर्न पनि धेरै कठिन भएको छ । उनलाई मृत्युदण्डबाट बचाउनको लागि देश तथा बिदेशमा आर्थिक संकलनको लागि अभियान चलिरहेको छ । उनको जीवन रक्षाका लागि उनका पिताले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु लाई सक्दो आर्थिक सहयोगको लागि अनुरोध गरेका छन ।
सम्पर्कको लागि :
खातावालाको नाम : सुकराम महतो
खाता न. : ०३००६६४५६०००१३
सम्पर्क न. : +९७७९८०७२९३२३७


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...