Monday 16th June 2025

ROSE DAY: कुन रङको गुलाब के को प्रतिक ?


तिताेपाटी-प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । यसै क्रममा आज ‘रोज डे’ परेको छ । यसको अवसरमा हामी तपाईंलाई गुलाबका विभिन्न प्रतिकबारे जानकारी दिन्छौं ।

रातो गुलाबः प्रेम, शान्ति र क्षमताको प्रतिक

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाबको आदान–प्रदान हुन्छ । यसलाई प्रेमको प्रतिकको रुपमा हेरिन्छ । रातो गुलाब प्रेम र मनोभावनाको प्रतिक पनि हो ।

गुलाफी गुलाबः मित्रता र मुटुको धड्कनको प्रतिक

यदि कसैले तपाईंलाई भ्यालेन्टाइन डेमा गुलाफी गुलाब दियो भने तपाईंले बुझ्नुहोस् कि ती व्यक्तिले तपाईंलाई ‘मेरो मुटुको धड्कन तिम्रो लागि बाँचिरहेको छ’ भनिरहेका छन् । गुलाफी गुलाब मित्रता र मुटुको धड्कनको प्रतिक हो । गुलाफी रङको गुलाबले सुन्दरता जनाउँछ र हल्का गुलाफी रङको गुलाबको अर्थ भने सहानुभुती र गाढा गु गुलाफी रङलाई भने कृतज्ञतासँग जोड्ने गरिएको छ ।

पहेँलो गुलाबः मित्रता

पहेँलो गुलाब मित्रताको प्रतिक हो । भ्यालेन्टाइन डेको दिनमा खासै आदानप्रदान नुहुने यो रङको गुलाब फ्रेन्डशिप डेमा भने जमेर प्रयोग गरिन्छ ।

सेतो गुलाबः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक

सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाब उपहारको रुपमा रोज्छन् । सेतो रङको गुलावको अर्थ भने शुद्धता सरलता र शान्तिसँग जोडिन्छ ।

कालो गुलाबः बिदाईको प्रतिक

कालो गुलाब बिदाईको प्रतिक हो । यो रङको गुलाबले माया मरिसकेको दर्साउँछ ।

– एजेन्सी


सम्बन्धित शीर्षकहरु

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको…

“हाम्रो संस्कृति, हाम्रो पहिचान; हाम्रो लिपि–भाषा, हाम्रो शान” भन्ने मूल नारासहित कुवेतमा ‘वाणी र व्यवस्थापन तथा वक्तृत्वकला एवं कार्यक्रम सञ्चालन…

प्रतिकृयाहरू
...