Monday 26th October 2026

गण्डकी प्रदेशले फागुन ४ गते स्थापना दिवस मनाउने, यस्तो छ तयारी


तिताेपाटी – गण्डकी प्रदेश सरकारले यही फागुन ४ गते शनिबार स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

गत वर्ष फागुन ४ गतेकै दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए ।

सोही दिनको सन्दर्भमा प्रदेश सरकारले स्थापना दिवस भव्यताका साथ मनाउन लागेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।

स्थापना दिवस मनाउन गुरुङकै संयोजकत्वमा ६ सदस्सीय समारोह समिति गठन गरिएको छ । समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल, मुख्यमन्त्री कार्यालयका सचिव लालमणि ओझा, धर्मराज कुइँकेल र दलबहादुर अधिकारी रहेका छन् ।

स्थापना दिवस मनाउन विभिन्न तीन वटा उपसमिति पनि गठन गरिएको छ । जसमा प्रचारप्रसार, मञ्च व्यवस्थापन र कार्य विवरण पुस्तिका प्रकाशन उपसमिति रहेका छन् ।

समारोहमा एक वर्षभरीका कार्यप्रगति विवरण प्रस्तुति, उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिने लगायतका कार्यक्रम रहेका छन् ।

-राताेपाटी


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...