Tuesday 7th April 2026

एनआरएनए सचिवमा सुजन के.सी. निर्वाचित


काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न महाधिवेशनबाट उनी यो महत्वपूर्ण जिम्मेवारीमा पुगेका हुन्।

सुजन के.सी. लामो समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रूपमा काम गर्दै आएका व्यक्ति हुन्। उनी एनआरएनए एनसीसी कुवेतका संस्थापक सचिव, नेपाल पत्रकार महासंघ कुवेत शाखाका संस्थापक अध्यक्ष, साथै एनआरएनए कुवेतका पूर्व अध्यक्ष तथा आईसीसी सदस्य समेत रहिसकेका छन्।

उनको निर्वाचितसँगै कुवेत तथा मध्यपूर्वमा रहेका नेपाली कामदार र व्यवसायीका अधिकार, सुरक्षा, रोजगारी तथा लगानीसँग सम्बन्धित मुद्दा अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ।

यसपटकको सम्मेलनलाई एनआरएनएको एकताको ऐतिहासिक महाधिवेशनका रूपमा हेरिएको छ, जसबाट नयाँ कार्यसमिति चयन गरिएको छ। कुवेतबाट यस्तो उच्च पदमा प्रतिनिधित्व हुनु त्यहाँका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

यसअघि मध्यपूर्व संयोजक पदका लागि सुजन के.सी.ले उम्मेदवारी दिनुभएको भए पनि संस्थाको एकता र सहमतिका लागि सबै पदहरू मिलाएर अगाडि बढाउने सहमति भएपछि उहाँ सचिव पदमा निर्वाचित हुनुभएको हो।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...