Tuesday 7th April 2026

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको नयाँ नेतृत्व चयन


सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त राना चयन भएका छन् भने उपाध्यक्षहरूमा गणेश चन्द र चेतराज गिरी तथा महिला उपाध्यक्षमा अस्मिता कुवर निर्वाचित भएकी छन्। त्यसैगरी कोषाध्यक्षमा देवराज भट्ट, सह–कोषाध्यक्षमा मदन ठगुन्ना, महासचिवमा रतनराज गिरी, सचिवमा नरेश भण्डारी र सह–सचिवमा मानबहादुर साऊद चयन भएका छन्।

यस्तै समाजले कला तथा संस्कृति संयोजक, उप–संयोजक, महिला संयोजक, युवा संयोजक, प्रचार–प्रसार संयोजक तथा ज्येष्ठ सदस्य समिति समेत चयन गरेको छ।

समाजको संरक्षकमा विकास सिंह ठकुरी, निरूमाया खड्का र गगन सिंह बिष्ट चयन भएका छन् भने वरिष्ठ सल्लाहकारमा पुष्कर धामी तथा सल्लाहकारहरूमा महेशचन्द्र जोशी, हरि सिंह धामी, राज सिंह भण्डारी, जग खत्री र बद्री न्यौपाने चयन भएका छन्।

खैतानस्थित राजधानी होटलमा शुक्रबार (२३ जनवरी २०२६) सम्पन्न अधिवेशन समाजका निवर्तमान अध्यक्ष गगन सिंह बिष्टको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाति महासंघ कुवेत, विभिन्न राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि राजदूत लम्सालले समाजले गत वर्ष आयोजना गरेको श्रमिक सचेतना कार्यक्रमको प्रशंसा गरे। उनले कुवेतमा क्रियाशील नेपाली संघ–संस्थाहरूले श्रमिक अधिकार र कर्तव्यसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए। हाल कुवेतमा एक लाख ६० हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उनले कुनै पनि गैरकानुनी गतिविधिले व्यक्तिगत मात्र नभई समग्र नेपाली समुदाय र राष्ट्रको छविमा असर पार्ने भएकाले कुवेतको स्थानीय कानुन, नियम र परम्पराको पूर्ण पालना गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने देउडा तथा छलिया नाच प्रस्तुत गरिएको थियो, जसले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो। निर्वाचन प्रमुख निरूमाया खड्काले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेकी थिइन्।

“सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली” भन्ने नाराका साथ सन् २०१७ मा स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज कुवेतले कुवेतमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यमा सक्रिय भूमिका खेल्दै आएको छ। समाजले कुवेत तथा नेपालमा रहेका अन्य नेपाली संघ–संस्थासँग सहकार्य गर्दै सामाजिक सेवामा योगदान पुर्‍याउँदै आएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...