Thursday 22nd January 2026

आज राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै


राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका कमल थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन्। आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको छ।

राजनीतिक असन्तुष्टि र नेतृत्व विवादका कारण छुट्टिएको राष्ट्रवादी धार पुनः एक ठाउँमा फर्किन लागेको यो घटनालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

लिङ्देन र थापाबीच केही दिनअघि दुई बुँदे सहमति भएपछि एकीकरणको प्रक्रिया अघि बढेको हो। सो सहमतिलाई राप्रपा नेपालको बैठकले मंगलबार अनुमोदन गरेको थियो।

एकीकरणसँगै राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक हैसियत दिने प्रतिबद्धता लिङ्देनले जनाएका छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार, पार्टीको महाधिवेशन ६ महिना पर सारिएको छ र निर्वाचनको वातावरणलाई ध्यानमा राख्दै तत्काल पदको प्रतिस्पर्धाभन्दा संगठन मजबुत बनाउने रणनीति लिइएको छ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...