Friday 23rd October 2026

केही झिल्का कविताहरू


केही झिल्का कविताहरू
१.
लेखौँ झिल्का कविता
भावलहर बगेर जावस्
बनोस् दिव्य सरिता ।
२.
भावगङ्गामा नुहाउन जाऊँ
मनका फोहर दुर्गन्धहरू
सबै पखालेर आऊँ ।
३
डुब्नु गहिराइको भित्र
हुँदैन किनारामा केही
भित्रै देखिन्छ चित्रविचित्र ।
४.
जिन्दगीमा आइपरेका चोटहरू
संवेगका ज्वालाहरू निभाएर
मुस्कुराइरहेछन् ती ओठहरू ।
५.
उत्तेजनाका यादहरूको मातले
सम्झनामा युवावस्थाको झझल्को
बेअसर वृद्धावस्थाको शुरुआतले ।
६.
बग्दैरहन्छु भावनाका लहरहरूमा
लेकवेँसी उकाली ओरालीहरू
हराइरहन्छु कल्पनाका सहरहरूमा ।
७.
यथार्थ सकारात्मक देखौँ
भावी पिँढीहरूको नजरमा
सन्देशमूलक सत्यता लेखौँ ।
८.
सक्छौ समस्या देख
समाधान पनि देखाइदेऊ
सत्यताको पङ्क्ति लेख ।
९.
गर्छौ विरोध मात्र
यसरी कहिल्यै पनि
होइन्न असल पात्र ।
१०.
सक्छौ गर सत्कर्म
अपराध नगर कहिल्यै
कम्तिमा थाम्नु स्वधर्म ।

वि.सं.२०८१ फागुन ३ गते शनिबार

गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...