Friday 21st August 2026

केही झिल्का कविताहरू


केही झिल्का कविताहरू
१.
लेखौँ झिल्का कविता
भावलहर बगेर जावस्
बनोस् दिव्य सरिता ।
२.
भावगङ्गामा नुहाउन जाऊँ
मनका फोहर दुर्गन्धहरू
सबै पखालेर आऊँ ।

डुब्नु गहिराइको भित्र
हुँदैन किनारामा केही
भित्रै देखिन्छ चित्रविचित्र ।
४.
जिन्दगीमा आइपरेका चोटहरू
संवेगका ज्वालाहरू निभाएर
मुस्कुराइरहेछन् ती ओठहरू ।
५.
उत्तेजनाका यादहरूको मातले
सम्झनामा युवावस्थाको झझल्को
बेअसर वृद्धावस्थाको शुरुआतले ।
६.
बग्दैरहन्छु भावनाका लहरहरूमा
लेकवेँसी उकाली ओरालीहरू
हराइरहन्छु कल्पनाका सहरहरूमा ।
७.
यथार्थ सकारात्मक देखौँ
भावी पिँढीहरूको नजरमा
सन्देशमूलक सत्यता लेखौँ ।
८.
सक्छौ समस्या देख
समाधान पनि देखाइदेऊ
सत्यताको पङ्क्ति लेख ।
९.
गर्छौ विरोध मात्र
यसरी कहिल्यै पनि
होइन्न असल पात्र ।
१०.
सक्छौ गर सत्कर्म
अपराध नगर कहिल्यै
कम्तिमा थाम्नु स्वधर्म ।

वि.सं.२०८१ फागुन ३ गते शनिबार

गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...