Saturday 24th May 2025

संसारमा सवै भन्दा ठुलो अस्तित्वको संकटमा परेको छ प्यालेस्टाईन


सिरियामा रहेका प्यालेस्टिनी गुटका नेताहरू, पहिले बशर अल-असदको शासनसँग गठबन्धन गरेका थिए र इरानको समर्थनमा पाएर त्यहाँ सुरक्षित रुपमा आफ्ना गतिविधीमा तल्लिन थिए तर नयाँ सरकारद्वारा उत्पीडन र सम्पत्ति कब्जाको सामना गरेपछि सिरिया छाड्न बाध्य हुदै गएका छन ।

त्यहाँबाट उनीहरु जाने सुरक्षित ठाउँ ईरान मात्र हो । ईरान ले उनीहरुलाई प्रयोग गर्ने तर बास भने नदिने स्पष्ट छ । सिरियाबाट विस्तापित प्यालेस्टाईनीहरु जसैतसै लेबनानमा छिर्न थालेका छन तर त्यहाँ उनीहरुलाई ईजरायल ले गरिखान दिने अवस्था छैन । दैनिक जसो हजबुल्ला र हमास का ठेगानाहरुमा बमबार्ड पुन:शुरु गरेको छ ।

हमासका विस्तापित लडाकुहरुले हतियारहरु यतिबेला सिरिया सरकारलाई बुझाएर हिडन थालेका समाचार पनि आईरहेका छन । यसैबीच, टर्कीको हस्तक्षेपसहित सिरियाली सरकारका प्रतिनिधिहरूसँग भएका बैठकहरू सकारात्मक रहेको एक इजरायली अधिकारीले शुक्रबार अल-अरेबियालाई बताएको भनि समाचार बाहिर आएको छ । सोही रिपोर्टले अब्राहम सम्झौतामा सिरियाको सम्भावित सहभागिताले क्षेत्रको अवस्था परिवर्तन गर्ने पनि उल्लेख गरेको छ। यसको मतलब सिरियाको नयाँ सरकार अब ईजरायल सगँ मित्रतापूर्वक अघि बढन राजी भएको देखिन्छ ।

अल-अरेबियाले इजरायली स्रोतलाई उद्धृत गर्दै सिरियाको बारेमा इजरायल र टर्की बीचको वार्तामा टिप्पणी गर्ने इजरायली स्रोतलाई उद्धृत गर्दै, धेरैजसो विवरणहरूमा सहमति भएको जानाएको छ । दुई देशहरू बीचको पङ्क्तिबद्धताको सम्भावित संकेतको रुपमा ट्रम्पको भेट अल शारासँग भएको बताईन्छ । यो क्षेत्रीय परिवर्तन मे महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिरियाली राष्ट्रपति अहमद अल-शारासँगको भेटपछि भएको हो।

बैठकको क्रममा ट्रम्पले शारासँग धेरै मागहरू राखेका थिए । जसमा सबै विदेशी आतंककारीहरूलाई सिरिया छोड्न भन्नु, प्यालेस्टिनी आतंककारीहरूलाई देश निकाला गर्नु, आईएसआई को पुनरुत्थान रोक्न अमेरिकालाई मद्दत गर्नु र देशको उत्तरपूर्वी भागहरूमा आईएसआई हिरासत केन्द्रहरूको जिम्मेवारी लिनु समावेश छन ।

एकातिर गाजाँ पूर्ण रुपमा ध्वस्त हुनु । हमास पतनको मुखमा पुग्नु । हजबुल्लाहको कमजोर अवस्थाले उसका सहयोगीहरु किनारा लाग्दै जानु । सिरियामा उनीहरुलाई रहेने ठाउँ मेटिदै जानु , लेबनान झनझन असुरक्षित बन्दै जानु ले प्यालेस्टाईनहरुको अस्तित्व र भूमि दुवै संकटमा छ । अमेरिकी प्रशासन ले उनीहरुलाई छिमेकका कुनै देशमा त्यो पनि संभव नभए अफ्रिकन देशमा स्थान्तरण गर्ने सम्मको योजना बनाईनुले उनीहरु को अस्तित्व सम्पूर्ण रुपले संकटमा परेको छ ।

अतिवाद र अरुको उक्साहटमा स्थापित शक्तिको अन्त्य दुःखद र पिडादायी नै हुन्छ । हमास को उदयले प्यालेस्टाईन राज्य लाई मात्र समाप्त पार्दै छैन । त्यहाँ ६० हजार को ज्यान पनि गईसकेको छ भने सम्पूर्ण जनसंख्या ले १८ महिनायता नर्कको जीवन भोगिरहेका छन ।


सम्बन्धित शीर्षकहरु

महानायक राजेश हमाल अभिनित चलचित्र ८ बर्ष पछि दर्शकले हेर्न पाउने भएका छन महानायक हमालको कमब्याक चलचित्र "नरसिंहा अवतार" शुक्रबार…

विश्वभरी संजाल फिजाएर नेपाली र नेपाली संघसस्थाको छाता संगठन बनिरहेको गैर आवाशीय नेपाली संघ अर्थात एनआरएनएको पछिल्लो एकता महाधिबेशन पनि…

लुलु हाइपरमार्केटले कुवेतभरि ग्ल्यामरको उत्सव‘सौन्दर्यको संसार’ अनावरण गर्‍यो । सौन्दर्य, सुन्दरता र आत्म-हेरचाहको चम्किलो उत्सवमा, लुलु हाइपरमार्केटले मे २१ देखि…

प्रतिकृयाहरू
...