Friday 23rd May 2025

आईपीएलका खेल जारी, गुजरात शिर्ष र चेन्नई अन्तिम स्थानमा


आईपिएलका खेलहरु जारी रहेका छन। मे २२ तारिखसम्म खेलाईएका खेलहरुमा गुजरात १८ अंक सहित शिर्ष स्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा रहेका बेंगलोर र पंजावको १७-१७ अंक रहेकोछ भने चौथो स्थानमा रहेको मुम्बईको १६ अंक रहेको छ । त्यसैगरी दिल्ली पाचौ, लखनउ छैटउ, कलकत्ता सातौ, हैदराबाद आठौ, राजस्थान नौ स्थानमा रहदा चेनई सबै भन्दा अन्तिम दशौ स्थानमा रहेको छ ।
हिजो भएको खेलमा लखनउले गुजरातलाई हराएको छ ।
गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौथो हार बेहोरेको छ । गुजरातलाई प्लेअफ होडबाट बाहिरिसकेको लखनउ सुपर जायन्ट्सले ३३ रनले हरायो । लखनउले दिएको २३६ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले पूरा २० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । शाहरुख खानले सर्वाधिक ५७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । त्यस्तै शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साइ सुदर्शनले २१ रन बनाए ।लखनउका विलियम ओ’रोर्कले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । त्यस्तै आवेश खान र आयुष बदोनीले २-२ विकेट लिँदा शाहबाज अहमद र आकाश सिंहले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा २ विकेट गुमाएर २३५ रनको विशाल योगफल बनाएको थियो । मिचेल मार्शले ११७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै निकोलस पूरनले अविजित ५६ रन बनाए । गुजरातका लागि अर्शद खान र आर साइ किशोरले १-१ विकेट लिए । यस हारपछि गुजरात १३ खेलबाट १८ अंकसहित शीर्षस्थानमा यथावत् नै छ तर शीर्ष २ मा फिनिस गर्नका लागि अन्तिम खेल जित्नुपर्ने र पञ्जाब र बेंगलुरुमध्ये एक टिमले एक खेल हार्नु पर्नेछ । लखनउको १३ खेलमा १२ अंक भएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभरी संजाल फिजाएर नेपाली र नेपाली संघसस्थाको छाता संगठन बनिरहेको गैर आवाशीय नेपाली संघ अर्थात एनआरएनएको पछिल्लो एकता महाधिबेशन पनि…

लुलु हाइपरमार्केटले कुवेतभरि ग्ल्यामरको उत्सव‘सौन्दर्यको संसार’ अनावरण गर्‍यो । सौन्दर्य, सुन्दरता र आत्म-हेरचाहको चम्किलो उत्सवमा, लुलु हाइपरमार्केटले मे २१ देखि…

जेरुसेलम: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार भने कि उनी गाजामा "अस्थायी युद्धविराम" को लागि खुला छन्, किनकि युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा…

प्रतिकृयाहरू
...