Friday 6th November 2026

भोली कुवेतमा ८ जनालाई फासी दिईदैछ


कुवेत, हत्याको अभियोगमा दोषी ठहर भएका आठ जनालाई भोलि आइतबार कुवेतको केन्द्रीय कारागारमा मृत्युदण्ड दिइने सुरक्षा स्रोतले जनाएको छ । फाँसीहरू सबै कानूनी प्रक्रियाहरू पूरा गरेपछि दिईने गरिन्छ । त्यसका लागि अभियुक्तले फौजदारी अभियोगमा शुरु तहदेखि, पुनरावेदन, र क्यासेशन अदालतहरूद्वारा अन्तिम निर्णयहरू आए पछि उनीहरुको सजायहरूलाई अनुमोदन गर्ने गरिन्छ ।

मृत्युदण्डका लागि दोषी रहेका सात कुवेती नागरिक र एक गैर कुवेती व्यक्ति रहेको स्रोतले जानकारी दिएको छ । आन्तरिक मन्त्रालयले सुधार संस्था, फौजदारी प्रमाण, फौजदारी अभियोजन अभियोग र सम्बन्धित न्यायिक निकायसँगको समन्वयमा सबै आवश्यक तयारी पूरा गरेको छ । उचित प्रोटोकल पछ्याउन सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सकहरूले प्रक्रियाको निरीक्षण गर्नेछन्।

यो २०२५ मा गरिएको मृत्युदण्डको पहिलो चरण हो । यसअघि, एन्ट्रल जेलले सेप्टेम्बर ५, २०२४ मा छ हत्याका दोषीहरूलाई र नोभेम्बर २०२२ मा सात व्यक्तिहरूलाई मृत्युदण्ड दिएको थियो।

मन्त्रालयले यी सजायको कार्यान्वयनले अन्तिम न्यायिक निर्णयको कार्यान्वयनलाई प्रतिबिम्बित गर्दै सबै कानुनी मार्गहरू समाप्त भइसकेपछि न्याय सुनिश्चित हुने कुरामा जोड दिएको छ।

श्रोत -अरब टाईम्स कुवेत,


सम्बन्धित शीर्षकहरु

तस्बिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना नेता तथा कार्यकर्तालाई दिएको भनिएको चेतावनी सामान्य राजनीतिक अभिव्यक्ति होइन। यसभित्र जनताको…

खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सम्भावित निशानामा पर्न थालेपछि क्षेत्रीय हवाई सुरक्षा र अन्तर्राष्ट्रिय उड्डयनको भविष्यबारे…

काठमाडौं, २० कात्तिक २०८३ / विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ई–एमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएको…

प्रतिकृयाहरू
...