Friday 4th July 2025

साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि


दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। तर खेलको ८० औँ मिनेटमा गोल गर्दै बंगलादेशले २–१ को अग्रता लिएको थियो। त्यसपछि भने नेपालले गोल फर्काउन सकेन।

योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ। बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर - विद्यादेवी भण्डारीको यात्रा कुनै सामान्य राजनीतिक इतिहास होइन। एउटा विद्यार्थी नेतृबाट सुरु भएको यो यात्रा आज…

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले गाजामा ६० दिने युद्धविरामको लागि सर्तहरूमा सहमति जनाएको र अवस्था बिग्रनु अघि हमासलाई सम्झौता…

प्रतिकृयाहरू
...