Monday 14th September 2026

साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि


दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। तर खेलको ८० औँ मिनेटमा गोल गर्दै बंगलादेशले २–१ को अग्रता लिएको थियो। त्यसपछि भने नेपालले गोल फर्काउन सकेन।

योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ। बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...