Sunday 18th October 2026

कुवेतमा सर्वाधिक धनराशि पुरस्कार सहित एनआरएनएले भलिबल प्रतियोगिता गर्ने


एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा हुने उक्त प्रतियोगिता कुवेतमा खेलाईने भलिबल प्रतियोगिता मध्ये कै सर्वाधिक धनराशि पुरस्कारको समेत घोषणा गरिएको छ। प्रतियोगिताले कुवेतमा नेपाली भलिबल खेलाडीहरूलाई थप उर्जा हौसला बढाउनुको साथै खेल प्रति थप आकर्षण बढने अनुमान गरिएकोछ।
कुवेतमा रहेका नेपाली भलिबल टिमहरूको साथै भुटानी टिमहरूलाई सहभागि गराउन छलफल जारी रहेको एनसिसि उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले जानकारी दिएका छ्न। कुवेतको नेपाली समुदायमा भलिबल खेललाई सबैले चासो पुर्वक हेर्ने र महत्व दिने गरेकाछ्न।
विशेष जानकारी:
दर्ता शुल्क -मात्र २५ केडी
पहिलो पुरस्कार -४०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार- २५१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय तथा चौथो स्थान- आकर्षक उपहारहरू

टाइसिटबारे:
मिति- ५ सेप्टेम्बर २०२४
स्थान- नमस्ते नेपाली रेष्टुरेन्ट, महाबुल्ला
समय- साँझ ५ बजे

प्रतियोगिताबारे-
मिति- १३ सेप्टेम्बर २०२४
स्थान- फाहिल स्पोर्टिङ क्लब
समय- बिहान ८ बजेबाट

सम्पर्क :
60767749, 67726405, 51003611


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...