Wednesday 21st October 2026

कुवेतमा सर्वाधिक धनराशि पुरस्कार सहित एनआरएनएले भलिबल प्रतियोगिता गर्ने


एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा हुने उक्त प्रतियोगिता कुवेतमा खेलाईने भलिबल प्रतियोगिता मध्ये कै सर्वाधिक धनराशि पुरस्कारको समेत घोषणा गरिएको छ। प्रतियोगिताले कुवेतमा नेपाली भलिबल खेलाडीहरूलाई थप उर्जा हौसला बढाउनुको साथै खेल प्रति थप आकर्षण बढने अनुमान गरिएकोछ।
कुवेतमा रहेका नेपाली भलिबल टिमहरूको साथै भुटानी टिमहरूलाई सहभागि गराउन छलफल जारी रहेको एनसिसि उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले जानकारी दिएका छ्न। कुवेतको नेपाली समुदायमा भलिबल खेललाई सबैले चासो पुर्वक हेर्ने र महत्व दिने गरेकाछ्न।
विशेष जानकारी:
दर्ता शुल्क -मात्र २५ केडी
पहिलो पुरस्कार -४०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार- २५१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय तथा चौथो स्थान- आकर्षक उपहारहरू

टाइसिटबारे:
मिति- ५ सेप्टेम्बर २०२४
स्थान- नमस्ते नेपाली रेष्टुरेन्ट, महाबुल्ला
समय- साँझ ५ बजे

प्रतियोगिताबारे-
मिति- १३ सेप्टेम्बर २०२४
स्थान- फाहिल स्पोर्टिङ क्लब
समय- बिहान ८ बजेबाट

सम्पर्क :
60767749, 67726405, 51003611


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...