Thursday 1st October 2026

नेपाली काङ्ग्रेस नेता धनराज गुरुङ र प्रकाश रसाईली स्नेही कुवेत आउदै


कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन ।

नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २१ जुन २०२४ मा कुवेतस्थित शेफ नौशाद रेष्टुरेण्टको सभाहल फर्वानियामा सम्पन्न हुने चौथो अधिवेशनका लागि उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आउन लागेको समितिका सल्लाहकार मन्जित राईले जानकारी दिएका छन । समितिले अधिवेशन समारोह सफल बनाउन तीन सदस्यीय संयोजक समिति गठन गरेको छ । समितिको संयोजकमा प्रदिप कार्की , सह-संयोजकमा मदन पनेरु र सदस्यमा जिवन निरौला रहेका छन ।

कुवेतको नेपाली समाजमा जनसम्पर्क समिति कुवेतको स्थापना सन् २०११ मा भएको हो । जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेतमा आई कार्यरत नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गर्दै नेपाली श्रमिकहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।

कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...