Monday 28th September 2026

कुवेतमा आगामी ७ जुनमा उभौली चाड गायक अनिल कोयी राईको साथमा मनाउने


सदाको वर्षहरुझै यो वर्षपनि तीन किराती हरुले संयुक्त रुपमा सँगीतकार तथा गायक अनिल कोयी राईको साथमा किरातिहरुको महान चाड यक्वा तङ्नाम,साकेला उभौली,सालिवा स्यादर पिदार सुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२४ गर्ने भएका छन् ।
कार्यक्रमको संयोजन किरात याक्थुङ चुम्लुङ्ग कुवेतले गरिरहेको छ । यस सांस्कृतिक कार्यक्रममा आयोजक संस्थाहरुको सांस्कृतिक नृत्य तथा गायन हरु प्रस्तुत हुनका साथै सुभकामना आदान प्रदान गरिनेछ । साथै अतिथि कलाकार सँगीतकार तथा गायक अनिल कोयी राईको प्रस्तुति बेजोड प्रस्तुति रहेनछ । खैतान स्थित राजधानी प्यालेस मा जुन ०७ तारीख बिहान ११ बजे कार्यक्रम सुचारु हुनेछ। ।
कार्यक्रम पूर्ण रुपमा निःशुल्क रहेको छ । सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउनु को साथै मनोरञ्जक लिनु हुन तिन किराती संस्था हरु ( किरात याक्थुङ् चुम्लुङ, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेत) हार्दिक अनुरोध गर्दछ ।
स्थान – राजधानी प्यालेस खैतान
समय – बिहानको ११:०० बजे बाट

सुरेन्द्र कुमार पंधाक
सचिव – किरात याक्थुङ चुम्लुङ प्रवास कार्यसमिति कुवेत


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...