Friday 20th February 2026

मुम्वई माथि हैदराबादको किर्तिमानी जित


इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदरावादले सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको छ । आइपिएल २०२४ को हैदरावादमा खेलिएको मुम्बई इन्डियन्स विरुद्धको आठौं खेलमा सनराइजर्सले पहिले ब्याटिङ गर्दै यो ठूलो स्कोर बनाएको हो ।

टोलीका तर्फबाट ट्राभिस हेडले ६२ ९२४ बल०, अभिषेक शर्माले ६३ ९२३ बल० र क्लासेनले ८० ९३४ बल० रन बनाए । हैदरावादको टोलीले यस खेलमा कुल १८ छक्का र १९ चौका प्रहार गरेको थियो । मुम्बई इन्डियन्सकी बलर क्वेना माफाकाले चार ओभरमा ६६ रन दिएका थिए । कप्तान हार्दिक पाण्ड्याले चार ओभरमा ४६ रन दिए ।

खेलमा ८० रन बनाएका क्लासेनले आफ्नो इनिङबारे भने, ‘हाम्रो शीर्ष क्रमले लय बनाएको थियो। यो पनि राम्रो थियो कि जब मैले यी रनहरू बनाइरहेको थिएँ, मेरो सबैभन्दा मिल्ने साथी ९मार्कराम० नन(स्ट्राइकर अन्तमा थिए। यसअघि २०१३ मा आरसीबीले बनाएको आईपीएलमा सर्वाधिक २६३ रन रहेको थियो । मुम्बईले जवाफी व्याटिंगमा २० ओभर खेल्दै ५ वीकेट गुमाएर २४६ रनमा सिमित हुन पुग्यो । मुम्वईका टी वर्माले मात्र अर्ध सतक पार गरेका थिए । अर्ध सतक पार गर्न संख्या हैदराबादका तिन खेलाडी थिए ।

यी हुन् आईपीएलमा अहिलेसम्मकै सबैभन्दा ठूलो पाँच स्कोर
२०२४ सनराइजर्स हैदराबाद २७७
२०१३ आरसीबी २६३
2023 लखनऊ सुपरजायन्ट्स 257
2016 rcb 248
2010 चेन्नई सुपरकिंग्स 246


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...