Saturday 24th October 2026

जोर्डनले जित्यो वाफ च्याम्पियनसिप, पेनाल्टीमा चुक्यो नेपाल


जोर्डनले पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधि जितेको छ ।

जोर्डनले पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । नेपालकी अमृता जैसीले चौथो पेनाल्टी मिस गरेकी थिइन् ।

जोर्डनले वाफको उपाधि जितेको यो छैटौं पटक हो ।

फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । निर्धारित ९० मिनेटको खेलमा नेपाल र जोर्डन २-२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । नेपालले खेलको इन्जुरीसमयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो ।

यस अघि नेपालले खेलको २८औं मिनेटमा शुरुवाती गोल गरेपनि खेलको ७६औ मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरी गरेको थियो भने खेलको ८८औ मिनेटमा दोस्रो गोल गरेको थियो । नेपालका लागि सबिता राना मगरले पहिलो गोल गरेकी थिइन् भने गीता रानाले पेनाल्टी गोल गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...