Monday 29th April 2024

मध्य चिलीको जंगलमा लागेको डढेलोबाट कम्तिमा ५१ जनाको मृत्यु


मध्य चिलीको जंगलमा लागेको डढेलोले कम्तिमा ५१ जनाको ज्यान गएको छ । राष्ट्रिय टेलिभिजन सम्बोधन गर्दै त्यहाँका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको वालपराइसो क्षेत्रको जंगलमा भएको आगलागीका कारण हताहत हुने मानिसको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

चिलिमा आपतकालीन सेवाका अग्निनियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन प्रयत्न गरे पनि आगो अझै पनि नियन्त्रणमा ल्याउन सकिएको छैन । त्यहाँ हजाराैं घर जलेर ध्वस्त भएका छन् ।

तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको छ, चिलीका अधिकारीहरूले भने। चिलीको गृह मन्त्रालयका अनुसार देशभर ४३० वर्गकिलोमिटर भन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । गर्मी बढ्दै गएको र तीव्र हावाका कारण आगलागी फैलिएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

प्रतिकृयाहरू
...