Friday 2nd October 2026

मध्य चिलीको जंगलमा लागेको डढेलोबाट कम्तिमा ५१ जनाको मृत्यु


मध्य चिलीको जंगलमा लागेको डढेलोले कम्तिमा ५१ जनाको ज्यान गएको छ । राष्ट्रिय टेलिभिजन सम्बोधन गर्दै त्यहाँका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको वालपराइसो क्षेत्रको जंगलमा भएको आगलागीका कारण हताहत हुने मानिसको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

चिलिमा आपतकालीन सेवाका अग्निनियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन प्रयत्न गरे पनि आगो अझै पनि नियन्त्रणमा ल्याउन सकिएको छैन । त्यहाँ हजाराैं घर जलेर ध्वस्त भएका छन् ।

तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको छ, चिलीका अधिकारीहरूले भने। चिलीको गृह मन्त्रालयका अनुसार देशभर ४३० वर्गकिलोमिटर भन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । गर्मी बढ्दै गएको र तीव्र हावाका कारण आगलागी फैलिएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...