Wednesday 15th May 2024

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाइ १० वर्षको जेल सजाय


पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै १० वर्षको कठोर कारागार सजाय सुनाएको छ । खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा दोषी ठहर गरिएको हो ।

सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित छन् । उनीविरुद्ध एक सय ५० भन्दा धेरै अन्य मुद्दा अझै विचाराधीन छन् । तैपनि पूर्वक्रिकेट स्टार आफ्नो तल्लो तहमाथि पकड र सत्ताविरोधी वयानबाजीका कारण शक्तिशाली राजनीतिक शक्ति बनेका छन् ।

गत वर्ष खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन भए पनि अधिकारीहरूले त्यतिबेलादेखि इस्लामवादी राजनीतिज्ञका समर्थक र पार्टीमाथि करवाही गरेका छन् । यसबाट उनीहरू नयाँ ऱ्यालीहरू आयोजना गर्न सावधान भएका छन् ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ(पीटीआई) ले झूटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ ।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...