Monday 6th April 2026

मेस्सी बने फिफा उत्कृष्ट वर्ष खेलाडी


अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् ।

यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे ।

मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।

मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए ।

मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए ।

यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्वपूर्ण योगदान गरेकी थिइन् ।

बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोकोलाई पछि पारिन् ।

यसैगरी,मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपर बनिन् । पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय इडरसनलाई सम्मान गरिएको हो ।

इडरसन २३ अंकका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस (२० अंक) र यासिन बौनु (१६ अंक) मा सिमित भएका थिए ।

सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् । इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अंक र सिमोन इन्जाघी ११ अंक र ग्वार्डिओला २८ अंकसहित उतकृष्ट घोषित भएका हुन् ।

यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको उत्कृष्ट गोलकर्ता घोषित भए । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो ।

ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ ।

मे २०२३ मा बाराकास सेन्ट्रल विरुद्धको अर्जेन्टिना प्राइमरा डिभिजनको खेलमा आफ्नो छोरालाई खुवाउँदै गरेको कोलोन डे सान्ता फे फ्यान भाइरल भएका थिए ।

यस्तै,ब्राजिलले फिफा फेयर प्ले अवार्ड हात पारेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...