Tuesday 10th March 2026

आईपीएलको अक्सन आज


विश्वको सर्वाधिक सफल र चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग आइपीएलको मिनि अक्सन आज हुँदै छ ।

अक्सन दुबईको कोका कोला एरिनामा दिउँसो सव १ बजे सुरु हुनेछ । आईपीएलको अक्सन भारत बाहिर भएको यो पहिलो पटक हो । यस मिनी अक्सनमा, सबै १० फ्रेन्चाइजीहरू आ–आफ्नो टोलीको खाली स्थानहरू भर्न एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

यस अक्सनमा ३ सय ३२ खेलाडीको नाम अक्सनमा रहेको छ । जसमध्ये बढीमा ७७ खेलाडीको भाग्य चम्किनेछ । वास्तवमा, सबै १० फ्रेन्चाइजीहरूसँग मात्र ७७ खाली स्थानहरू बाँकी छन्। यी फ्रान्चाइजीहरूसँग यी खाली स्लटहरूको लागि अक्सन पर्समा कुल २६२.९५ करोड रुपैयाँ छ ।
अक्सनको अन्तिम सूचीमा परेका ३३३ खेलाडीलाई १९ सेटमा विभाजन गरिएको छ । यहाँ ब्याट्सम्यान, अलराउन्डर, फास्ट बलर, स्पिनर, विकेटकिपर, क्याप्ड र अनक्याप्ड खेलाडीहरूको विभिन्न सेटहरू हुनेछन् जसले एकपछि अर्को गर्दै र दोहोर्याउनेछन् ।

यो अक्सनमा गुजरात टाइटन्ससँग सबैभन्दा बढी पैसा छ। यो फ्रान्चाइजीसँग कुल ३८.१५ करोड रुपैयाँ छ ।

सबैभन्दा कम रकम लखनऊ सुपर जायन्ट्स (१३.१५ करोड)सँग बाँकी छ। कोलकाता नाइट राइडर्स फ्रेन्चाइज सबैभन्दा व्यस्त हुन गइरहेको छ । उनीहरूले यस अक्सनमा अधिकतम संख्यामा (१२) खेलाडी छनोट गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...