Wednesday 29th October 2025

आईपीएलको अक्सन आज


विश्वको सर्वाधिक सफल र चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग आइपीएलको मिनि अक्सन आज हुँदै छ ।

अक्सन दुबईको कोका कोला एरिनामा दिउँसो सव १ बजे सुरु हुनेछ । आईपीएलको अक्सन भारत बाहिर भएको यो पहिलो पटक हो । यस मिनी अक्सनमा, सबै १० फ्रेन्चाइजीहरू आ–आफ्नो टोलीको खाली स्थानहरू भर्न एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

यस अक्सनमा ३ सय ३२ खेलाडीको नाम अक्सनमा रहेको छ । जसमध्ये बढीमा ७७ खेलाडीको भाग्य चम्किनेछ । वास्तवमा, सबै १० फ्रेन्चाइजीहरूसँग मात्र ७७ खाली स्थानहरू बाँकी छन्। यी फ्रान्चाइजीहरूसँग यी खाली स्लटहरूको लागि अक्सन पर्समा कुल २६२.९५ करोड रुपैयाँ छ ।
अक्सनको अन्तिम सूचीमा परेका ३३३ खेलाडीलाई १९ सेटमा विभाजन गरिएको छ । यहाँ ब्याट्सम्यान, अलराउन्डर, फास्ट बलर, स्पिनर, विकेटकिपर, क्याप्ड र अनक्याप्ड खेलाडीहरूको विभिन्न सेटहरू हुनेछन् जसले एकपछि अर्को गर्दै र दोहोर्याउनेछन् ।

यो अक्सनमा गुजरात टाइटन्ससँग सबैभन्दा बढी पैसा छ। यो फ्रान्चाइजीसँग कुल ३८.१५ करोड रुपैयाँ छ ।

सबैभन्दा कम रकम लखनऊ सुपर जायन्ट्स (१३.१५ करोड)सँग बाँकी छ। कोलकाता नाइट राइडर्स फ्रेन्चाइज सबैभन्दा व्यस्त हुन गइरहेको छ । उनीहरूले यस अक्सनमा अधिकतम संख्यामा (१२) खेलाडी छनोट गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

प्रतिकृयाहरू
...