Saturday 27th July 2024

अथकलाई कविरत्न पुरस्कार


नारायण कोइराला – साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा कविवर माधव प्रसाद देवकोटाको १२१ ओैं जन्मजयन्तीको सन्दर्भमा आयोजित बिशेष कार्यक्रममा साहित्यकार अथकलाई पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ र प्रमुख अतिथि अगुवा समाजसेवी लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष जीवन प्रसाद ओझाद्वारा सम्मान गरिएको हो ।

गुरु माधव प्रसाद देवगुरूको चेलो म अाज उहाँकै कार्यक्रममा प्रमुख अतिथि हुन पाउँदा गौरवान्वित छु ।
माधव गुरूको योगदानको चर्चा परिचर्चा हुनु जरूरी छ ।
यस्ता गतिविधिहरू भइनैरहनु पर्छ भनी प्रमुख अतिथि ओझाज्यूले भन्नुभयो । पुस्तकालयको आयव्यय सहित बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले हरेक महिनाको १५ गते कुनै न कुनै कार्यक्रम गर्दै आएको र अग्रज साहित्यकारहरूको सम्झननमा बर्तमान साहित्यकारहरूलाई पुरस्कृत गर्दै आएको बताउनु भयो ।

कविरत्न माधव प्रसाद देवकोटा र सम्मानित व्यत्तित्व अथकको परिचय दिने कार्य साहित्यकार कृष्ण प्रसाद
कोइरालाद्वारा गरियो । पुष्कर अथक रेग्मीले नेपाली साहित्यको चारवटै विधामा कलम चलाई २३ वटा कृति प्रकाशित गरिसकेका र बिभन्न साहित्यिक संस्थाको अध्यक्ष रहेर संस्थालाई अघि बढाइरहनुका साथै पाल्पा साहित्य समाज मार्फत माधव प्रसाद देवकोटालाई स्मरण गर्दै अाएको भनी बताए ।

सम्मानित व्यक्तित्व अथकले पश्चिमका चिराग कविरत्न माधव प्रसाद देवकोटाको नाममा स्थापित पुरस्कारद्वारा सम्मानित हुन पाउँदा अपूर्व खुशी लागेको र साहित्यको क्षेत्रमा अझ जिम्मेवारी बढेको भनी बनाउनु भयो ।
कार्यक्रममा गणेश प्रसाद आचार्य , चुडामणि पौड्याल , वेनबहादुर पौडेल , चन्द्रमान श्रेष्ठ , ध्रुवराज काफ्ले , पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह , वुटवल उपमहानगरपालिकाका पूर्व मेयर पुनाराम पोखरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सचिव उर्मिला श्रेष्ठद्वारा संचालित कार्यक्रममा आजीवन सदस्यहरूलाई सम्मान पत्र प्रदान गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...