Sunday 4th October 2026

चुनावका लागि कांग्रेस ले भरपर्दो गुण्डा गुमायो


सर्वोच्च अदालतले योगराज ढकाल रिगल लाई पक्राउ गर्न आदेश दिए सँगै सरकार ले उनलाई आम माफी दिने गरी राष्ट्रपति समक्ष गरेको सिफारिस बदर भएको छ ।

नेपालगञ्जका चेतन मानन्धरको दिनदाहाडै खुडा प्रहार गरी हत्या गर्ने लाई संविधानको मनशाय विपरित दुरुपयोग गर्ने गरी सरकारले गरेको सिफारिसले अहिलेको सरकारलाई कुरीकुरी गरिदिएको छ भने आँखा चिम्लेर छाँप हान्ने राष्ट्रपतिको विवेकशुन्यता लाई बाहिर ल्याई दिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।

ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उनले सार्वजनिक रुपमा नै भनेकी थिईन की म पिडित हुँ । मैले पति गुमाएको छु । छाडन आदेश दिने राष्ट्रपति को हो ? सरकार को हो ? मेरो सहमती चाहिन्छ की चाहिन्दैन । तिनका ज्वाईहरु त्यसरी मारिएका भए उनीहरुले माफी दिने थिए ?

भारती शेर्पा मानन्दर को रोदन र क्रन्दन लाई सारा नेपालीले साथ दिएका थिए । उनको मुद्धामा धेरै राष्ट्रभक्त वकिलहरुले निशुल्क बहस समेत गरे । अन्तत भारतीलाई अदालत ले राहात दियो । रिगाल छुटे पछि फुलमाला सहित जेलमा लिन जाने कांग्रेसीजनहरु अहिले निराश छन । उनीहरुले चुनावका लागि एउटा भरपर्दो गुण्डा गुमाएका छन ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित रहेकै बेला सहकारीको रकम हिनामिनासम्बन्धी विषय उठेपछि…

तेहरान/गाजा — इरानले हमासलाई रोकिएको आर्थिक सहयोग पुनः सुरु गर्ने विषयमा कुनै प्रतिबद्धता नजनाएको एक प्यालेस्टिनी स्रोतले इजरायली सार्वजनिक प्रसारक…

किएभ, अक्टोबर ४ — जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनको राजधानी किएभमा समर्थन जनाउन पुगेकै दिन रुसी ड्रोनले शहरको महत्वपूर्ण नर्दर्न…

प्रतिकृयाहरू
...