Sunday 8th March 2026

एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्दै


आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एशिया कप क्रिकेटको उद्घाटन खेलमा अाज नेपालले पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा खेल्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कपमा नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको हो ।
नेपालले गत अप्रिलमा एसीसी प्रिमियर कप जितेपछि नेपाल पहिलो पटक एसिया कपका लागि छनोट भएको थियो । आउँदो साता अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको नेपालले २७ वर्ष पूरा गर्दै छ ।

पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ ।

सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाे पटक हाे । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाैं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टाेली विश्वकप क्रिकेट बिजेता टाेली हुन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...