Friday 9th January 2026

मलेसियामा जारी महिला टी–२० सिरिजमा नेपालको लगातार दास्रो जित, कुवेत ३४ रनले पराजित


मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले कुवेतमाथी ३४ रनको जित हासिल गरेको छ ।
आज भएको सिरिजको आफ्नो दोस्रो खेलमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । कुवेतमाथीको जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र जोड्न सक्यो ।

कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले १० रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागी इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् । ईश्वरी विष्ट,कविता कुँवर र सीता रानामगरले समान १/१ विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् । बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् । कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिईन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले आगामी शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...