Saturday 31st January 2026

स्पेन नयाँ च्याम्पियन, इंग्ल्यान्ड को १ – ० ले हार


सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको फाइनल खेलमा  कप्तान ओल्गा कारमोनाले २९औँ मिनेटमा गरेको स्तरीय गोलले नै स्पेनलाई नयाँ च्याम्पियन बनाएको हो।

महिला विश्वकपमा स्पेन पाँचौँ च्याम्पियन राष्ट्र बनेको हो। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एकपटक उपाधि जितेका छन्।

स्पेनको मिडफिल्ड र रक्षापंक्ति तोड्न नसक्दा आकर्षक र प्रतिस्पर्धी फुटबल खेलेर पनि इंग्ल्यान्ड उपाधि उचाल्नबाट वञ्चित रह्यो। १६औँ मिनेटमा लौरेन हेम्पको कडा प्रहार क्रसबारमा लानु नै इंग्ल्यान्डका लागि दुर्भाग्य साबित भयो।

खेलमा १–० ले पछि परेपछि पनि लगातार आक्रमणको प्रयास गरेको इंग्ल्यान्डले स्पेनको डिबक्समा खासै तनाव दिन सकेन। उता, ६९औँ मिनेटमा पेनाल्टीको अवसर पाए पनि स्पेन अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो।

इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले स्पेनकी जेनिफर हर्माेसोकले दायाँतर्फ प्रहार गरेको पेनाल्टी किकलाई उत्कृष्ट ढंगले बचाउ गरिन्। त्यसअघि र त्यसपछि पनि स्पेनका केही सशक्त प्रहारमा मारीले उत्कृष्ट बचाउ गरिन्।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...