तोयानाथ दाहाल, उपेक्षित,/ नेपाल सुन तस्करहरुको ट्रान्जिट पोईन्ट हो भन्नेमा कुनै दुविधा छैन । नेपाल त मानवतस्कर, र लागु औषध का लागि पनि गजव्वको ट्रान्जिट पोईन्ट हुदै हो । अहिले आएर नक्कली नोटहरुको कारोवार गर्ने देश समेत बन्दै गएको छ । यहाँ नक्कली भारु र नक्कली नेरु नोटहरु पनि छापिन्छन । त्यति मात्र होईन नेपाल मा हुण्डी कारोवार पनि राम्रैसँग चलेकै छ ।
सुनकाण्ड को विषयमा उग्र भएर बोलेका कांग्रेस सांसद को पहिलो तारो अर्थमन्त्री थिए तर उनलाई हत्कडी लगाए पछि उनको मागको ट्रेण्ड बदलिएर गृहमन्त्रीमा सरयो । त्यसले अर्थमन्त्री प्रकाशशरण महतलाई भने केही राहात नै भयो । यहाँ सुनिल शर्माले शेर बहादुर दाई को जसरी जयजयकार गर्दै सरकार लाई आतंककारी भन्दैछन त्यहाँ केही विरोधभाषापूण तर्क देखिन्छ । सवै भन्दा ठुलो दल को समर्थनमा बनेको प्रचण्ड सरकारले सांसद सुनिल शर्मालाई पक्राउ गर्नु पूर्व के शेर बहादुर देउवालाई जानकारी नगराएको होला त ? के अर्थमन्त्री प्रकाश शरण महतसँग सरसल्लाह नै नभएको होला त ? तै पनि सुनिल शर्मा किन उनको पार्टीको अपर लेभल ले केही थाहा नपाए जस्तो गरेर बोलिरहेका छन ? त्यसो त सुनिल शर्मालाई प्रदिप पौडेलको राम्रो साथ मिलेको देखिन्छ तर दुई भाई देवरहरुले चुप्पी साँध्नु चाही उदेक लाग्दो कुरा हो ।
माओवादीको मिसन ८४ अर्थ संकलनमा केन्द्रित भई रहदा रवि लामिछानेहरु भने के बुझेर हो गृहमन्त्रीको तारिफ गरिरहेका छन । महरा बाउ छोरा लाई सुन संकलन विभाग को जिम्मा दिएका प्रचण्डले सरकारमा बस्ने नैतिकता गुमाईसकेका भए पनि जनतामा परेको भ्रम ले उनी अझै केही समय टिक्न सक्छन । जनतालाई प्रचण्ड सरकार र यसका गृहमन्त्री ले राम्रो काम गरेको भन्ने लागेको छ । तर शरणार्थी काण्ड होस वा सुन काण्ड यी दुबै घटनाले पूर्णता पाउने छैन भन्ने देखिसकिएको छ । प्रचण्डले आफ्नो सरकार कांग्रेसले ढाल्ने तरखर गरे आरजु र मञ्जु को गिरप्तारीको अस्त्र प्रचण्डसँग छ । यसर्थ सुनिल शर्मा वा प्रदिप पौडेलहरु जति उफ्रे पनि शेर बहादुर लाई प्रचण्ड सरकार फाल्न सजिलो छैन । सुनकाण्डका नायके महरासँग आरजु साटेर घटना सामसुम हुनेवाला छ । उता नेकपा एस का नेता माधव कुमार नेपाल भने दुलो पस्न खोज्दैछन । यी कुनै घटनामा उनको पार्टी चु सम्म बोल्न सक्दैन । बोल्यो की ललिता निवासको फायल को कथाले माधव नेपाल लाई मागिरहेको छ । गठबन्धनमा कांग्रेस र माकुनेको पार्टी फसिसकेको छ । उनीहरुले प्रचण्ड हटाउन आँट गर्ने छैनन । गठबन्धनकै अर्को दल जसपा पनि प्रचण्ड सरकारले जे जे गर्दछ गरोस तर गौर हत्याकाण्डको फायल नखोलोस भन्नेमा छ । फायल खोल्न सक्ने प्रचण्डको संकेतबाट झस्केका उपेन्द्रलाई प्रचण्ड सत्तामा टासिरहने वा समर्थन गरिरहने कुराको कुनै विकल्प छैन ।
बाकी रहेको घटक सिके राउतको जनमतले भागबण्डामा चित्त बुझाएकै छ भने रेशम चौधरीलाई पनि प्रचण्डले भाग दिएकै छन उनलाई जेलबाट निकालेर विरोध नगर्ने बनाएका छन । बाह्य शक्तिको कुरा गर्दा प्रचण्ड ले नागरिकता विधेयक पास गरेर नेपाललाई दिर्घकालिन फिजी बनाउने भारतीय चाहाना पुरा गरिदिएर चित्त बुझाएका छन । ईपिजी होस वा लिपुलेख जस्ता नेपालका हितका मुद्धा त्यागेर भारतभक्ति प्रस्तुत गरेकै छन । भारतका लागि कन्र्फटेवल सरकार बनाएका प्रचण्ड लाई त्यताबाट पनि ढुक्कै छ । चीन रिसाउला की भनेर भारेभुरे टोली पनि चिनको भ्रमणमा पठाएर उसलाई अलमल्याउने रणनितीमा यो सरकार लागेको छ । सवैतिरबाट सुरक्षाघेरा मजबुद बनाएका प्रचण्ड लाई फाल्न अब कसैले हत्तपत्त सक्ने अवस्था छैन ।
एमाले एक्लो छ । उसलाई धेरथोर साथ राप्रपाले दिएको देखिन्छ । एमाले सँग सत्ता बदल्ने वा ढाल्ने सामर्थ छैन । जब सम्म कांग्रेस फुटदैन तब सम्म प्रचण्ड सरकार टिकिरहने देखिन्छ । सुनकाण्ड का लागि जब बहालवाला मन्त्री माथि नै प्रश्न उठ्छ तब उनीहरु आफू चोखा छन भने विपक्षिको माग बमोजिम उच्च स्तरिय छानविन आयोग बनाउदा के विग्रन्छ ? शरणर्थी काण्ड होस वा सुनकाण्ड नै किन नहोस, ललिता निवास र क्यान्टोमेन्ट को छानविन गर्दा के जान्छ ? तर स्पष्ट छ सबै काण्डमा माथिल्लो तहका नेताहरुको संलघनता प्रष्ट रुपमा छ । यसर्थ यहाँ करायो करायो दक्षिणा हरायो को अवस्था आउने छ । माओवादी ले ज्यान गए सत्ता त्याग्न तयार हुदैन । किनकी सत्ता छाडेको भोलीपल्ट उनीहरुको बास केन्द्रिय कारागारमा हुने छ । तसर्थ एमाले र केपी ओली तर्साउन गिरिबन्धु टि स्टेटको कुरा अघि सारिन्दैछ । त्यो पनि एमाले ले विरोध गर्न हुदैन । २०४७ साल यताका सवै काण्डहरुलाई छानविन गर्ने समिती बनाउन अहिलेका सवै दलहरु तयार होलानत ? अहँ हुदैनन । उनीहरु कुनै पनि दल चोखा छैनन । कसैलाई पनि देशको माया र चिन्ता छैन । सवै मिलेर देश लुट्न सम्म लुटेका छन ।
सुन काण्डले देश लाई नै बदनाम गराएको छ । शरणार्थी काण्डको बदनामी सेलाउन नपाउदै एक पछि अर्को अपराधीका काण्डहरु हुदै जानु र सरकारका मानिसहरुको प्रत्यक्ष संलघनता देखिनुले यो देशले राजा नै खोजेको जस्तो देखिन्दैछ । बास्तवमा दुर्गा प्रसाईले भने जस्तो दुई दर्जन मारवाडी तस्करहरु र एक दुई दर्जन राजनैतिक तस्करहरुले देशलाई चाडै नै कंगाल बनाउने लक्षण देखिन थालेको छ । अब जनता सडक मा ओर्लिएर अराजक बन्नु एउटा बाध्यता हुदै गएको देखिन्छ । यहि होस र त्यहाँ खेल्ने र देशलाई अर्को शिकारीको पञ्जामा पार्ने प्रपञ्च पनि सँगसँगै आएका छन । यी सवै कुरा मनन गर्दा राजा र सेना मिल्नुको विकल्प छैन भन्ने आभास हुन थालेको छ ।