Saturday 31st January 2026

भारतमा दुइ किशोरीमाथि सामुहिक बलात्कार गर्नेहरूलाइ जन्मकैदको सजायँ


नेपालका दुई नेपाली किशोरीगमाथि सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५ हजार भारतीय रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् । उनीहरुलाई प्रोटेक्सन अफ चिन्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस (पोस्को) लगायत विभिन्न धाराहरुमा दोषी करार गरिएको छ ।

वकिल पवनकुमार शुक्लाकाअनुसार चार जनाविरुद्ध हरैया प्रहरी चौकीमा सन् २०२२ को जुन २६ मा उजुरी दर्ता भएको थियो । नेपाल र भारतको सीमामा रहेको बजारमा सामान किन्न आएका दुई नाबालिगमाथि चार जना मिलेर सामूहिक बलात्कार गरेका थिए । प्रहरीले चारै जनालाई पक्राउ गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

https://www.ndtv.com/india-news/3-sentenced-to-life-in-up-for-gang-raping-2-girls-from-nepal-4231888?fbclid=IwAR3cIWDbtBT9IB95cg3ITXYqVGGcb_nGLEQYKYF-iXO6zFuNNuircvZ7IsU


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...