Thursday 1st January 2026

सुन तस्कर सत्तामा छन भरिया समातिन्छन


तोयानाथ दाहाल, उपेक्षित, नेपालको विमानस्थलबाट १ क्वीन्टल सुन कसरी छिर्यो ? भन्ने सवाल गर्नेहरु मुर्खहरुको जमात हो । जसको सत्ता छ उसले गर्ने अनेक प्रकारका व्यपार मध्ये सुन व्यपार पहिलो हो । जुनसुकै को सरकार किन नहोस त्यसले सुन को व्यपार गरि नै रहेको हुन्छ । जब भागबण्डा मिल्दैन तब मात्र समातिन्छन र जनताले थाहा पाउछन । बामदेव गौतम एक जमनामा सुन तस्करीका लागि नाम कमाएका गृहमन्त्री हुन । अहिले त्यो उनको रेर्कड लाई नारायणकाजी ले तोडिदिए ।

माओवादी नेता कृष्ण बहादुर महरा तथा उनका छोरा राहुल महरा पनि सुन तस्करीका नायीके हुन । यसरी नै खुम बहादुर खड्का, रविन्द्र नाथ शर्मा , लोकमान कार्की, चन्द्र बहादुर बुढा नर बहादुर गुरुंड, भरत गुरुंग, डिबी लामा समय क्रम मा सुन तस्करका नायक थिए । चर्चा चले तर कोही पनि अनुसन्धान को दायरामा आएनन । शक्ति र सत्ताको खुलेआम दुरुपयोग गर्ने काम सवै सरकारका पालामा हुदै आएको देखिन्छ ।

खाडीमा दुःख गरेर फर्कनेहरुको झोला झयाम्टा खोल्ने विमानस्थल का कर्मचारी र खानेकुरा को कार्गो का कार्टुन च्यात्ने भन्सार कर्मचारीहरुले सय किलो सुन देख्दैनन भने त्यस्ता अन्धा कर्मचारी त्यहाँ किन राखिएको हो ? ईमान का धेरै ठुला ठुला कुरा गर्ने पर्यटन मन्त्री सुदन किराँती कहाँ छन आज भोली ? जनताका जनजिविकाका लागि प्रयोग हुने १०० रुपैयाका सामानमा कर लगाउने अर्थ मन्त्री किन बोल्दैनन ? विमानस्थल मा रहेका सुरक्षाकर्मीहरु र भन्सार कर्मचारीहरु नमिले सम्म यस्तो तस्करी सम्भव छ ? उनीहरु माथिका मानिसको आडभरोसा नभई यत्रो हिम्मत देखाउन सक्छन ? यो सवै काम सेटिंगमा भएको भन्नेमा अझै कसैलाई शंका छर ? अब विमानस्थलका सवै सुरक्षाकर्मी र भन्सारका कर्मचारी फाल्ने की गृह मन्त्री, अर्थमन्त्री र पर्यटन मन्त्रीले राजीनामा दिने ?

प्रहरीले मंगलबार र बुधबार गरेको अप्रेसनबाट ठुलो परिमाणमा सुन बरामद गरेको हो। हङकङबाट ल्याइएको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार मंगलबारबाटै सुरु भएको अप्रेसन बुधबार राति अबेरसम्म जारी रहेको थियो। ‘क्याथे प्यासिफिक’को प्लाइटमार्फत ल्याइएको उक्त सुन कार्गोमा भेटिएको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक सुमा राखेर सुन नेपाल ल्याइएको थियो।

गृहमन्त्रालय तथा अर्थमन्त्रालय को मताहातमा रहेका निकाय मार्फत सुन पास भईसकेको अवस्थामा सिनामंगलबाट सुन बरामद प्रम कार्यलय अन्र्तगत राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नु लाई तपाई कसरी बुझ्नु हुन्छ ? सुन तस्करी सम्बन्धमा विशेष सुराकी को सुराग राजस्व अनुसन्धान ले पाउने आफैमा कति रहस्यमय घटना छ ? त्यो सुराग गृहलाई दिएर काम छैन । अर्थलाई दिए पनि केही हुदैन भन्ने बुझेका मानिसले राजस्व अनुसन्धानलाई दिनु ले घटनामा कुन कुन तह का मन्त्री र कर्मचारीहरुको मिलेमतो थियो भन्ने बुझ्न कठिन छैन ।

यति बेला नारायणकाजी र डा महत अतालिएका छन । उनीहरुमा अलिकती पनि नैतिकता भए पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्दछ भन्ने आवाज उठिरहेको छ । सवैको ध्यान ललिता निवासतिर मोडेर अरबौको सुन तस्करीमा लिन भएका गृहमन्त्री लाई कुनै नैतिकताले पदमा बस्न दिदैन । उनका माताहतका सुरक्षाकर्मी के गर्न त्यहाँ राखिएको हो ? भन्सार कर्मचारी त्यही तस्करी गर्न का लागि खटाईएको हो ? अहिले सरकारले भरिया पक्रेर जनताको आँखामा छारो हाल्न बन्द गर्न पर्दछ । तत निकायका सवै कर्मचारी निलम्बन गरेर छानविन अगाडी नबढाउने हो भने यो देश माफीयाहरुको हटस्पोटमा रुपान्तरण भईसकेको हो भनेर खुल्ला घोषणा गरिदिए केही फरक पर्दैन ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...