Wednesday 19th August 2026

दक्षिण कोरियामा भारी वर्षापछिको बाढी र पहिरोमा परि दर्जनाैको मृत्यु, धेरै वेपत्ता, हजाराैं विस्थापित


दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दर्जनाै मानिसको मृत्यु भएको छ, धेरै वेपत्ता भएका छन् र हजाराैं विस्थापित भएका छन् । दक्षिण कोरियामा विगत तीन दिनदेखि भारी वर्षाको व्यापक बाढी र पहिरो गएको छ भने भूमिगत सुरूङमा सवारी साधनहरूमा फसेका धेरै यात्रुहरूको ज्यान गएको हुन सक्ने जनाइएको छ । तीन दिनदेखि परेको अविरल वर्षापछि नजिकैको मिहो नदीको किनार भत्किँदा शनिबार चार लेनको अन्डरपास डुबानमा परेको हो ।

मिडिया रिपोर्टहरूका अनुसार दक्षिण कोरियामा उद्धार कार्यकर्ताहरूले बाढीको भूमिगत सुरुङमा फसेको बसबाट सातवटा शव निकालेका छन् । सुरूङमा बस र कारसहित १५ सवारी साधन फसेको बताइएको छ । उत्तरी ग्योङसाङ प्रान्तमा बर्षा र बाढीका कारण बेपत्ता भएकामध्ये अधिकांशलाई नदीले बगाएको बताइएको छ । योन्हाप समाचार संस्थालाई एक आपतकालीन उद्धारकर्ताले बताएअनुसार अति प्रभावित क्षेत्रमा घरहरू सग्लै बगेका थिए ।”

त्यहाँको गृह मन्त्रालयले दिएको जानकारीअनुसार भारी वर्षाका कारण २६ जनाको मृत्यु भएको छ भने अन्य १४ जना हराइरहेका छन् । बाढीका कारण मृत्यु हुने १६ जना र बेपत्ता नौ जनासहित अधिकांश उत्तरी ग्योङसाङ प्रान्तका बासिन्दा रहेका छन् । यहाँ मुख्य कारण पहाडी क्षेत्रमा आएको ठूलो पहिरोका कारण घरभित्र रहेका मानिसहरू पुरिएका छन् । वर्षाले करिब ५,५७० जनालाई विस्थापित गर्न बाध्य पारेको मन्त्रालयले जनाएको छ । उत्तरी चुंगचेओङ प्रान्तको गोसान बाँध शनिबार बिहान ओभरफ्लो हुन थालेपछि नजिकैका तल्लो गाउँहरू डुबानमा परेपछि हजारौंलाई आफ्नो घर छोड्न आदेश दिइएको तथ्यांकमा समावेश छ। मुसलधारे पानीले देशभर यात्रा अवरुद्ध गरेको छ, लगभग २० उडानहरू रद्द गर्न बाध्य पारेको छ र यसको नियमित रेल सेवा र केही बुलेट ट्रेनहरू निलम्बन गरिएको छ, मन्त्रालयले भन्यो।

झण्डै २ सय सडक बन्द रहेका छन् । यसैबीच कोरिया मौसम विज्ञान विभागले भारी वर्षाको चेतावनी जारी गर्दै अर्को हप्ता बुधबारसम्म थप वर्षा हुने र मौसमी अवस्थाले “गम्भीर” खतरा निम्त्याएको बताएको छ।

शनिबार युक्रेनको भ्रमणमा रहेका राष्ट्रपति युन सुक-योलले प्रधानमन्त्री हान डक-सूलाई प्रकोपको सामना गर्न उपलब्ध सबै स्रोत परिचालन गर्न आग्रह गरेको उनको कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीले अधिकारीहरूलाई नदीको बहाव र पहिरोलाई रोक्न र रक्षा मन्त्रालयबाट उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...