Thursday 16th May 2024

सुडानमा एक आपसमा संघर्षरत पक्षबाट भएको हवाइ आक्रमणमा २२ जनाको मृत्यु


सुडानको ओमडरमान सहरमा हवाई आक्रमण हुँदा कम्तीमा २२ जना मारिएका छन् । यसलाई सुडानको सेना र विद्रोही अर्धसैनिक बलबीच केही सातायताकै सबैभन्दा घातक हमला भनिएको छ । एकापसमा संघर्षरत सुडानी सेना र अर्धसैनिक बलबीच शक्ति हत्याउन भएका विभिन्न हमलामा धेरै मानिसको ज्यान गइसकेको छ । दुबै पक्षबीच शक्तिका लागि लडाइँ जारी छ ।

राजधानी खार्तमको छिमेकी सहर ओमडरमानस्थित शनिबार आक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमलामा कति मानिस घाइते भए त्यसको विवरण सार्वजनिक गरिएको छैन ।

त्यहाँ गत महिना भएको हवाई आक्रमणबाट खार्तममा पाँच बालबालिकासहित १७ जना मारिएका थिए ।

सरकारी सेना र अर्धसैन्य बलबीच लडाइँ जारी रहँदा शुक्रबारको आक्रमणले सहरी क्षेत्रमा थप त्रास फैलाएको बताइएको छ । अर्धसैन्य बल आरएसएफले भने यो आक्रमण सरकारी सेनाले गरेको आरोप लगाउँदै आक्रमणमा ३१ जनाको मृत्यु भएको दाबी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...