Thursday 16th May 2024

मेक्सिकोमा बस दुर्घटना हुँदा २९ यात्रुको मृत्यु, १९ घाइते


मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति एउटा बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो । मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । बस सडकबाट ८० फिट तल खाडलमा खसेकोले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

दुर्घटनाका घाइतेहरूलाइ अस्पताल लगिएको छ भने कतिपय गम्भिर घाइते र बेहोस अबस्थामा रहेका छन् । खाडीबाट बस हटाउन क्रेनको सहायता लिइएको छ ।

प्राविधिक गडबडीका कारण बस दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...