Wednesday 19th August 2026

भारतमा गुडिरहेको बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु


भारतको महाराष्ट्रमा शनिबार बिहान भयानक दुर्घटना भएको छ । त्यहाँ गुडिरहेको बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ । मुम्बई-नागपुर एक्सप्रेस वेमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बसमा ३३ यात्रु सवार थिए ।

मुम्बईबाट पुणे जाँदै गरेको बस बुल्ढाणामा टायर पड्केर सडकछेउको खम्बामा ठोक्किएको थियो । दुर्घटना राति करिब २ बजे भएको हो। बसबाट २५ जनाको शव निकालिएको छ । दुर्घटनाका क्रममा बसबाट ठुलो मात्रामा डिजेल सडकमा फैलिएको बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाइएको छ ।। बसमा रहेका केही यात्रु सिसा फुटाएर बाहिर निस्कन सफल भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले दुर्घटनाका मृतकका परिवारलाई २ लाख राहत र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
त्यस्तै महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई ५ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...