Thursday 16th May 2024

भारतमा गुडिरहेको बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु


भारतको महाराष्ट्रमा शनिबार बिहान भयानक दुर्घटना भएको छ । त्यहाँ गुडिरहेको बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ । मुम्बई-नागपुर एक्सप्रेस वेमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बसमा ३३ यात्रु सवार थिए ।

मुम्बईबाट पुणे जाँदै गरेको बस बुल्ढाणामा टायर पड्केर सडकछेउको खम्बामा ठोक्किएको थियो । दुर्घटना राति करिब २ बजे भएको हो। बसबाट २५ जनाको शव निकालिएको छ । दुर्घटनाका क्रममा बसबाट ठुलो मात्रामा डिजेल सडकमा फैलिएको बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाइएको छ ।। बसमा रहेका केही यात्रु सिसा फुटाएर बाहिर निस्कन सफल भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले दुर्घटनाका मृतकका परिवारलाई २ लाख राहत र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
त्यस्तै महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई ५ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...