Sunday 10th August 2025

के प्रचण्डले माधव नेपाल र बाबुराम लाई जेल हाल्न सक्छन ?


ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए । यसरी पूर्ण रुपमा सेटिंग मिलाएर अदालत उपस्थित भएका गुरुंग लाई ५० करोडको धरौटी माग भए पनि २ करोड धरौटीमा के आधारले छाडिएको थियो भन्ने तर्फ पनि अनुसन्धान जरुरी छ ।

प्रचण्ड सरकार लाई सत्ताच्युत गर्ने एमाले कांग्रेसको रणनितीको काउण्टरमा यो स्टन्ट का लागि पक्राउ गरिएको भन्ने तर्क पनि सुनिन थालेको छ । खास गरेर माधव नेपाल ले प्रधानमन्त्रीका हैसियतले उक्त भ्रष्टचारको जिम्मा लिन नपर्ने अनि तल तलका भुरा माछा पक्रने प्रचलन ले पुन निरन्तरता पाएको छ । डाक्टर बाबुराम भट्टराई समेत सो मुद्धाको अनुसन्धानमा तानिन पर्ने मानिस हुन उनलाई पनि अलग राखिएको छ । प्रचण्डका घनिष्ट सहयोगी माधव नेपाल लाई यसअघि को अनुसन्धानमा पनि तानिएको छैन । अन्जानमा खरिद भएको ले फिर्ता गरे भन्ने एमाले नेता विष्णु पौडेल ले पहिले नै उन्मुक्ति पाई सकेका छन । यसर्थ यो मुद्धा साँच्चै छानविनका लागि व्युउताएको भन्नेमा मानिसहरु विश्वास नै गर्दैनन ।

शरणार्थी प्रकरणमा आरजु देउवा र मञ्जु खड्का को नाम पटक पटक आएको र अडियो काण्ड नै बाहिरीएको अवस्थामा समेत उनीहरु गर्वका साथ हिडिरहेका छन तर भरखरै एउटा समाचार सार्वजनिक भयो । उनीहरुका विरुद्ध पक्राउ पुर्जा जारी भएको भनेर तर तत्काल नै गृह मन्त्रालयले त्यसको खण्डन गरयो । समाचार झुठो हो भने किन त्यसरी प्रकाशन भयो र कारबाहि गरिएन ? यसका पछाडीको कारण प्रचण्ड देउवा लाई तर्साउन चाहान्थे । देउवा को सिंगापुर यात्रा मा केही खिचडी पाक्दैछ भन्ने प्रचण्डलाई थाहा छ । त्यो रोक्न उनले देउवा तर्साउन खोज्दै छन । मोर्चा को निर्माण पनि त्यसैमा आधारित छ । कागं्रेसले अरु साना दल मिलाएर सरकार बदल्न नसकोस भनेर मोर्चा निर्माण गरेका प्रचण्ड अहिले एमाले कांग्रेस मिलेर सरकार बनाउन लाग्दैछन भन्ने मा त्राहिम छन । अत सरकारबाट विदा हुन पूर्व असल काम गर्न खोज्दा फालियो भन्ने सन्देश दिन पनि उनी यस्ता मुद्धाहरुका फायल पल्टाउदैछन । बास्तबमा सत्ता टिकाउन का लागि प्रचण्ड का यी प्रपञ्चहरु सवैले बुझेकै छन ।


सम्बन्धित शीर्षकहरु

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

प्रतिकृयाहरू
...