Wednesday 4th March 2026

दलाल मिडियाका कुप्रचारबाट उन्मुक्ति -महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने


काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । राम्रो कामको प्रचार वा समाचार नलेख्ने तर महानगरको नेतृत्वको विरुद्धमा खोजीखोजी कुप्रचार गर्ने मुलधारका मिडियाको रुख बुझेको महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । अब टेलिभिजन कार्यलय स्थापना भए पछि भने महानगरले आफ्नो प्रगतिविवरण, जनचेतनाका कार्यक्रम, विकाश निर्माणमा जनताको सहभागिताका लागि चाहे अनुसारले प्रयोग गर्न सक्नेछ । विभिन्न स्वार्थ समुहका समाचारले कामनपा का नागरिकलाई छर्ने भ्रमको खेती पनि त्यसपछि बन्द हुनेछ ।

हरेक नगरपालिकाहरुले सके टेलिभिजन नसके आफ्नो एफएम रेडियो सञ्चालन गर्न पर्ने देखिन्छ । मिडियाहरु धेरै जसो विचौलिया भई रहेको अवस्थामा बोलेन र महानगरको निर्णय स्वागत योग्य देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...