Saturday 24th January 2026

दलाल मिडियाका कुप्रचारबाट उन्मुक्ति -महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने


काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । राम्रो कामको प्रचार वा समाचार नलेख्ने तर महानगरको नेतृत्वको विरुद्धमा खोजीखोजी कुप्रचार गर्ने मुलधारका मिडियाको रुख बुझेको महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । अब टेलिभिजन कार्यलय स्थापना भए पछि भने महानगरले आफ्नो प्रगतिविवरण, जनचेतनाका कार्यक्रम, विकाश निर्माणमा जनताको सहभागिताका लागि चाहे अनुसारले प्रयोग गर्न सक्नेछ । विभिन्न स्वार्थ समुहका समाचारले कामनपा का नागरिकलाई छर्ने भ्रमको खेती पनि त्यसपछि बन्द हुनेछ ।

हरेक नगरपालिकाहरुले सके टेलिभिजन नसके आफ्नो एफएम रेडियो सञ्चालन गर्न पर्ने देखिन्छ । मिडियाहरु धेरै जसो विचौलिया भई रहेको अवस्थामा बोलेन र महानगरको निर्णय स्वागत योग्य देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...