Thursday 8th October 2026

हाइटीमा बाढीको कारण ४२ जनाको मृत्यु


हाइटीमा केही दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएको त्यहाँको सुरक्षा एजेन्सीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार भारी वर्षापछि देशका विभिन्न नदीहरूको जलस्तर उच्च तहमा पुगेसँगै आकस्मिक बाढीदेखि भूस्खलनसम्मका घटनाहरू भएका छन् ।

बाढीका कारण १३ हजार ३ सयजना भन्दा बढी मानिसहरू विस्थापित भएका छन् भने कम्तीमा ११ जना बेपत्ता भएका छन् । देशभर वर्षा जारी रहेसँगै सोमबार मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको सीएनएनले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...