Sunday 1st November 2026

सरकारको नयाँ बजेटमा भन्सार कति बढ्यो त ?


अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्य हिजो प्रस्तुत गरे । १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका महतले सार्वजनिक खर्चमा केहि कडाइ गरेका छन् । चालु खर्च ११ खर्ब ७१ अर्ब ७८ करोड र पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड भएको बजेटको वित्तीय खर्च ३ खर्ब ७ अर्ब ४५ करोड रहेको छ ।

अहिलेको बजेट अनुसार विदेश भ्रमणमा जानेले ५ प्रतिशत अतिरिक्त कर तिर्नु पर्ने, विदेशमा पढ्न जाने विद्यार्थीले ३ प्रतिशत कर तिर्नु पर्नेछ । विलाशिता शुल्क स्वरूप पाँच तारे वा सो भन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा २ प्रतिशत कर राखिएको छ भने वार्षिक ५० लाखभन्दा बढी आय भएका व्यक्तिले अतिरिक्त ३ प्रतिशत कर तिर्नुपर्ने छ ।

सानो क्षमताका विद्युतीय सवारीमा भन्सार बढाइएको छ भने ठुलो क्षमताका सवारीमा भन्सार घटाइएको छ । प्रोसेस फुडका रूपमा रहेका कुरकुरे, चिजवल र अालुचिप्समा भन्सार बढाइएको छ भने उखुको खुदो, भेली र गुंण जस्ता बस्तुमा पनि भन्सार बढाइएको छ ।

नियमित रूपमा भन्सार बढ्ने धुम्रपान, मध्यपान र अन्य केहि सामानमा तपसिल बमोजिम भन्सार महशुल बढेको छः


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...