Wednesday 19th August 2026

टर्कीमा रेसेप तैय्यप इर्दोगान तेश्रो कार्यकालको लागि राष्ट्रपति निर्वाचित


टर्कीको राष्ट्रपति चुनावमा रेसेप तैय्यप इर्दोगान तेश्रो कार्यकालको लागि निर्वाचित भएका छन् । सन् २०१४ पहिलो पटक टर्कीको राष्ट्रपति भएका उनी तेस्रो पटक उक्त पदमा निर्वाचित भएका हुन् ।

आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६ विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । इर्दोगानले कुल खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरे भने उनको प्रतिस्पर्धी केमालले ४७.८६ प्रतिशत मत पाएका छन् । मे १४ को पहिलो चरणको निर्वाचनबाट राष्ट्रपतिको टुंगो नलागेपछि दोस्रो चरणको मतदान भएको हो । उक्त चरणमा राष्ट्रपतिका कुनै पनि प्रतिस्पर्धीले ५० प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् ।

इर्दोगानले २० वर्षयता टर्कीमा शासन गर्दै आएका छन् । यो निर्वाचनले आगामी ५ वर्षका लागि उनलाई झनै शक्तिशाली बनाएको छ । सन् २००३ मा उनले प्रधानमन्त्री सम्हालेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

प्रतिकृयाहरू
...