Monday 20th July 2026

गाेधुली साहित्य प्रतिष्ठानकाे नवौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी सम्पन्न


गाेधुली साहित्य प्रतिष्ठानकाे नवौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी २०८० जेठ ७ गते प्रतिष्ठानकी अध्यक्ष गंगा लिगलको सभापतित्वमा एबं प्रमुख अतिथि महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा मन्तव्य दिनु हॅुदै अनलाइन कार्यक्रम विशेष हुॅदो रहेछ ।देश विदेश रहेका स्रष्टाहरुलाई पनि समेट्न सकिने ।काव्य गोष्ठीले स्तरियताको क्षितिजमा प्रवेश गाराएको महयुस भएको छ ।दुई वर्ष अगाडि र अहिलेको तुसना गर्दा निकै खारिएको पाएको छु भन्नु हॅुदै “ मनमा वेदना बोकी सन्चै छु कसरी भनौं “ रचना सुनाउनु भयो ।

डा बम बहादुर जितालीले गंगा लिगल अध्यक्ष भएपछि गोधूलिले विश्व साहित्यमा अग्रसर भएको छ भन्नु भयो । जनार्दन अधिकारी धड्कनले नेपाली माटोमा जन्मेर नामाकरण पाएको खोरिया,स्रष्टाको कलमबाट हुर्कदै विश्व भर फैलिदै गएकोले अब नेपाली साहित्य पनि फराकिलो हॅुदै गएको छ भन्नु गोधूलिको यो कार्यक्रमले नेपाली साहित्यको विकासमा टेवा पुगेको छ भन्नु भयो ।प्रकश समीरलो शुभकामना व्यक्त गर्नु भयो । सुधा बास्कोटा ढकालको सफल उद्घोषणमा भएको उक्त कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरुमा आर्त अकुलिन,बिनु बाबा घिमिरे,भिमकुमारी श्रेष्ट,गंगा गहतराज अभिलाषी,रस्मी रिमाल,,शुरेश घिमिरे,चन्द्रावती अधिकारी,टेक बहादुर लौडारी,यज्ञ सुवेदी,चुडा निर्भिक,सुमित्रा सुमी,आरती आरोही,घनश्याम पौडेल,लक्ष्मी प्रसाद मिश्र, यमुना प्रधानांग लगायत २४ जना स्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो ।

अन्तमा सभापति गंगा लिगलले साहित्य उच्च सगरमाथा हो उच्च भावना र सोचले काव्य सिर्जना गर्नु पर्छ भन्नु हॅुदै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम बिसर्जनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...