Wednesday 9th September 2026

कविताः मेरो देश – गुणनिधि घिमिरे


मेरो देश

प्रकृतिमा सजिएका डाँडा पाखा विशाल
धौलागिरी सगरमाथा उच्च मेरो हिमाल
राष्ट्रियता बोक्छ कति कोट दौरा सुरुवाल
संस्कृतिले भरिएको देश मेरो नेपाल

ऐना मेरो फेवाताल माछापुच्छ्रे हेर्नलाई
गण्डकीमा शालीग्राम पूजापाठ गर्नलाई
चोली साडी पस्यो खाडी बज्न छोड्यो मादल
चौबन्दीलाई सम्झिएर रुन्छन् डाँफे मुनाल

मेची कोशी भेरी काली बग्छन् सेती गण्डकी
नारायणी विष्णुमति मर्स्याङ्ग्दी र बा्ग्मती
खेतीयोग्य जमिन धेरै लेक बेँसी तराईका
घरैघर बन्न थाले रे छिमेकी र पराईका

निकासी र पैठारीमा कुनै फरक छैन रे ?
विश्व सानु भैसक्यो रे ठूलोकुरा हैन रे ?
गणतन्त्र प्रजातन्त्र लोकतन्त्र ल्याए रे
घुसखोरी भ्रष्चाचार गर्न पनि भ्याए रे ॥

गुणनिधि घिमिरे


सम्बन्धित शीर्षकहरु

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

अमेरिकी शान्ति प्रयासका क्रममा तीन दिन रोकिएको रूसको हवाई आक्रमण पुनः सुरु भएपछि मंगलबार बिहान युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोटहरू…

प्रतिकृयाहरू
...