Sunday 18th October 2026

जुनदेखि अगस्टसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध


कुवेत सिटी, जनशक्तिका लागि सार्वजनिक प्राधिकरण पाम ले दिउँसो ११ बजेदेखि साँझ ४ बजेसम्म खुला ठाउँमा काम गर्न निषेध गर्ने प्रशासनिक निर्णय नं ५३५र२०१५ जुनको सुरुदेखि अर्को अगस्टको अन्त्यसम्म लागू हुने घोषणा गरेको छ ।

अल्जारिडा दैनिकको समाचार अनुसार अनुसार प्राधिकरणले निर्णय उल्लङ्घन गर्नेलाई कारबाहि गरिने भनेको छ । यसका लागि फिल्डमा निरीक्षण टोलीहरू खटिने छन र कुनै पनि उल्लङ्घनहरू भेटिएमा व्यवसाय मालिकहरू विरुद्ध कानुनी कारबाही कडा कारबाहि गर्ने गरी अघोषित रुपमा निरीक्षण अर्थात छडके अभियानहरू मार्फत तीन महिना सम्म नियमित रुपमा अनुगमन हुने बताएको छ ।

उनीहरूले गर्मी मौसममा कामदारहरूलाई चर्को घामबाट जोगाउने र कार्यान्वयनमा रहेका आयोजनालाई कुनै हानी नहोस् भन्ने सुनिश्चित गर्दै काम व्यवस्थित गर्ने र घण्टा घटाउन नदिने उद्देश्य लिएको छ । यसका लागि तत कम्पनीहरुले दिउसो को सटटा राती वा विहान सवेरै बाट आफ्नो काम गर्न सक्नेछन ।

उनीहरूले विगतका वर्षहरूमा निर्णयको कार्यान्वयनलाई सार्वजनिक हितलाई ध्यानमा राख्दै र दिउँसोको समयमा अन्तर्राष्ट्रिय श्रम मापदण्ड लागू गर्ने कुवेतको दायित्व पूरा गर्न विभिन्न क्षेत्रहरूमा सञ्चालित कम्पनीहरूले व्यापक रूपमा गरेको कार्यान्वाईनको पनि प्रशंसा गरेको छ ।

उक्त निर्णयको कार्यान्वयनले व्यवसायीहरुको श्रमिकको स्वास्थ्य र सुरक्षाप्रतिको प्रतिबद्धताका साथै निजी क्षेत्रको श्रम कानूनको नियमन र नियमन गर्ने निर्णयलाई पालना हुने विश्वास लिएको छ ।

कुवेतमा बर्षायाम मा पानी नपर्ने बरु अधिक गर्मि हुने, तातो हावा चल्ने र धुलो उड्ने हुदा जनस्वास्थका हिसावले यो सिजनलाई खराब मौसमका रुपमा लिईन्छ । कुनै पनि छानाको मुनी वा छहारीका मुनी ५५ डिग्री सम्मको गर्मी हुने गर्दछ भने मरुभूमि जस्ता ठाउँमा जहाँ सुर्यको प्रकाश भरदिन पर्दछ त्यस्तो ठाउँमा ७५ डिग्री सम्मको गर्मी हुने गर्दछ । कुवेत विश्वकै बढी गर्मी हुने देश मध्ये पहिलो हो ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...