Wednesday 14th October 2026

दुई सातामा करिब ६ सय ईलिगल कामदार पक्राउ


कुवेतको गृह मन्त्रालयले श्रम बजारको बढदो बेतिथी रोक्न र गैर कानूनी रुपमा काम गरेर बसेका कामदारलाई हटाउन कुवेत सरकार आक्रमक ढंगले अघि बढेको छ । मात्र २ सातामा उसले ६ सय विदेशी नागरिकलाई पक्राउ गरि डिर्पोटेसन सेन्टरमा पठाएको छ भने गैर कानूनी रुपमा सञ्चालन गरेका पसल, मेडिकल फर्म र विना ईजाजत का डाक्टरहरु समेत कारबाहीमा परेका छन ।

प्रथम उपप्रधानमन्त्री, गृहमन्त्री र कार्यवाहक रक्षा मन्त्री शेख तलाल अल खालेदको प्रत्यक्ष निर्देशनमा गृह मन्त्रालयले सुरु गरेको अभियान विगतको भन्दा शसक्त छ । उहाँको ठाडो आदेशमा नै पिलिपिन्स का कामदार लाई कुवेत आउन रोक लगाईएको हो । अहिले दुवै देशका प्रतिनिधी विच बार्ता चलिरहेको भए पनि परिणाम आईसकेको छैन । भिषा जारी भएका ३००० फिलिपिना कामदार यसवेला रोकिएको अवस्था छ ।

त्रिपक्षीय समितिले जारी गरेको तथ्याङ्कमा पक्राउ पर्नेमध्ये ६ जना अनाधिकृत डाक्टरले बिरामीको उपचार गर्ने गरेको पाईएको छ । साथै, ठूलो संख्यामा घरेलु कामदार र अन्यलाई औषधि र नर्सिङको अभ्यासमा पक्राउ गरिएको थियो। गृह मन्त्रालय, जनशक्ति सार्वजनिक प्राधिकरण र स्वास्थ्य मन्त्रालयको सहकार्यमा उनीहरुविरुद्ध कानुनी कारबाही गरिएको हो । फिल्ड टोलीले घरेलु कामदारका लागि १५ वटा डमी भर्ती कार्यालयको अनुगमन र नियन्त्रणमा पनि लिएको थियो । रेसिडेन्सी ऐन उल्लङ्घन गरी दैनिक ज्यालादारीमा काम गर्ने करिब ९० जना कामदार फरार रहेका छन् । उनीहरूलाई देशबाट निस्काशन गर्ने तयारीमा सम्बन्धित निकायमा पठाईएको छ ।

यसैगरी सामाजिक सञ्जालको उपयोग गर्दै बेश्याबृतीका लागि विभिन्न प्लेटफर्म तयार गरेर अनलाईन मार्फत धन्दा चलाउने समुह पनि पक्राउ परेको छ । यसरी गतिविधि गर्नेहरु विभिन्न देशका गरी ९ जना रहेको अरब टाईम्समा उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...