Wednesday 9th September 2026

डिजेलको मुल्य घट्यो, लामो दुरीका सवारी साधनको भाडा पनि घट्यो


सरकारले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो भने डिजेलको मूल्य घटेसँगै सरकारले लामो दुरीको सार्वजनिक तथा मालवाहक सवारी भाडा घटाएको छ ।

सो निर्णयसँगै यात्रुवाहक सार्वजनिक तथा मालवाहक यातायातको भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गरि नयाँ सवारी भाडा दरसमेत सार्वजनिक गरेको छ ।

नियमानुसार इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ ।

भाडा दर हेर्नको लागि bhada क्लिक गर्नुहोसश्र


सम्बन्धित शीर्षकहरु

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

अमेरिकी शान्ति प्रयासका क्रममा तीन दिन रोकिएको रूसको हवाई आक्रमण पुनः सुरु भएपछि मंगलबार बिहान युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोटहरू…

प्रतिकृयाहरू
...