Friday 9th October 2026

पेरूमा सुनखानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु


पेरुमा जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ । वक्तव्यमा मारिने २७ जना एउटै ठेकेदारका लागि काम गर्ने उल्लेख छ ।

सरकारी अधिकारीहरूले घटनाको जाँच भइरहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार दक्षिण अमेरिकाको अरेक्विपा क्षेत्रमा रहेको सो खानीमा सर्ट सर्किटका कारण आगलागी भएको थियो । स्थानीय सरकारले खानीभन्दा सबैभन्दा नजिकको प्रहरी कार्यालाय पनि ९० मिनेट टाढा रहेको र नजिकको सहर पनि कयौँ किलोमिटर टाढा रहेको बताएको छ । यसै कारण आपत्कालीन उद्धार अभियानमा कठिनाइ भएको थियो ।

पेरु विश्वको सबैभन्दा धेरै सुन उत्पादक देशहरू मध्येमा पर्दछ । यहाँ हरेक वर्ष १ सय टनभन्दा बढी सुन उत्पादन हुन्छ । पेरुले वैश्विक सुन उत्पादनको ४ प्रतिशत हिस्सा ओगट्छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...