Monday 26th January 2026

कान्छी सांसद -संसदीय दलको सचेतक


काठमाडौं,१८ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको सचेतकमा निशा डाँगी नियुक्त भएकी छन् ।

रास्वपाको आज बसेको संसदीय दलको बैठकले सचेतकको जिम्मेवारी डाँगीलाई दिएको हो ।उनी समानुपातिक सांसद हुन् । डाँगी संघीय संसद्मा रहेका ३३४ सांसद मध्ये सबैभन्दा कान्छी सांसद हुन् ।रास्वपाको प्रमुख सचेतक भने सन्तोष परियार रहेका छन् ।

आजै रास्वपा ले संसदिय दलको प्रमुखमा सभापति रबि लामिछानेलाई चयन गरेको छ । उनको नागरित्ता काण्ड सँगै सवै पद गुमेको थियो । यसरी नै रास्वपाको आर्थिक विभाग प्रमुखमा डाक्टर स्वर्णीम वाग्ले चयन हुनुभएको छ ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको छैन । प्रचण्ड सरकारले रास्वपाप्रति लचिलो देखिएका छन । रास्पपाले सरकारमा जान परे गृह, अर्थ, स्वास्थ्य वा शिक्षा लगायतको मन्त्रालय को माग गरेको र सरकारको निति तथा कार्यक्रममा आफ्ना रिर्जभेसनहरु लाई समावेश गर्नु पर्ने दावी गरेको भन्ने समाचारहरु आई रहेका छन । रास्वपा संग संघिय संसदमा २१ सीट छन ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...