Sunday 29th March 2026

कान्छी सांसद -संसदीय दलको सचेतक


काठमाडौं,१८ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको सचेतकमा निशा डाँगी नियुक्त भएकी छन् ।

रास्वपाको आज बसेको संसदीय दलको बैठकले सचेतकको जिम्मेवारी डाँगीलाई दिएको हो ।उनी समानुपातिक सांसद हुन् । डाँगी संघीय संसद्मा रहेका ३३४ सांसद मध्ये सबैभन्दा कान्छी सांसद हुन् ।रास्वपाको प्रमुख सचेतक भने सन्तोष परियार रहेका छन् ।

आजै रास्वपा ले संसदिय दलको प्रमुखमा सभापति रबि लामिछानेलाई चयन गरेको छ । उनको नागरित्ता काण्ड सँगै सवै पद गुमेको थियो । यसरी नै रास्वपाको आर्थिक विभाग प्रमुखमा डाक्टर स्वर्णीम वाग्ले चयन हुनुभएको छ ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको छैन । प्रचण्ड सरकारले रास्वपाप्रति लचिलो देखिएका छन । रास्पपाले सरकारमा जान परे गृह, अर्थ, स्वास्थ्य वा शिक्षा लगायतको मन्त्रालय को माग गरेको र सरकारको निति तथा कार्यक्रममा आफ्ना रिर्जभेसनहरु लाई समावेश गर्नु पर्ने दावी गरेको भन्ने समाचारहरु आई रहेका छन । रास्वपा संग संघिय संसदमा २१ सीट छन ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...