Saturday 3rd January 2026

देश रोज्ने की विदेश ?


तोयानाथ उपेक्षित, दाहाल,
रबि लामिछानेको मुद्धामा जे फैसला हुन हुदैनथ्यो भन्ने सदासयताका विरुद्ध जे भयो त्यसलाई सवैले आ आफ्नै तरिकाले हेरेका छन । अदालतमा चांग लागेका सवै मुद्धा पन्छाएर फास्ट ट्रयाकमा फैसला सुनाउदै रविको मन्त्री, सांसद र सभापति पद चट पार्ने बदनियतमा अदालत थियो भन्ने आरोप लाई अदालतले गंभिरतापूर्वक लिएको छ की छैन ? अदालतको फैसला मान्नै पर्ने बाध्यताका अगाडी सवै नतमस्तक भएका हुन चित्त कसैलाई बुझेको छैन । जे भए पनि अब उक्त फैसला एउटा नजिर बन्यो भन्ने हो । सोहि प्रकृतिका दोहरो नागरिकता लिनेहरु का सन्र्दभमा कसैका विरुद्धमा उजुरी परे ती मुद्धाहरु पनि त्यसरी नै फास्ट ट्रयाकमा अघि बढछन बढदैनन हेर्ने कुरा छ र त्यहि नजिरमा टेकेर फैसला हुन्छन हुदैन सवैको मनमा प्रश्नहरु छन ।

एउटा समाचार आएको छ उनै व्याक्तिद्धारा अर्को उजुरी अदालतमा परेको छ । उजुरीमा पूर्व परराष्ट्र मन्त्री नारायण खड्कासहित उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ । त्यसरी छानविनको माग गरिएको रिटमा राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ ।

जब अदालतले यस्तो फैसला गर्दछ तब सोहि प्रकृतीका दोहरो नागरिकता बोक्ने लाखौ नेपालीहरु को विषयमा अब के गर्ने भनेर संसदले बहस चलाउनु पर्ने हो की होईन ? तर यतिका दिन वितिसक्दा समेत संसदको विजनेश बनि रहेको छैन ।

उक्त मुद्धा रवि लाई साईजमा राख्न र रास्वपा लाई ध्वस्त बनाउने उद्देश्यले मात्र ल्याएको हो भने संसदको मौनता स्वभाविक हो । लाखौ नेपालीले अष्ट्रेलियाको नागरिकता लिएका छन । उनीहरुले उतै घरबार जोडेका छन र नेपालमा भएको आफ्नो सम्पती पनि मासिसकेका छैनन । यसरी नै बेलायत, अमेरिका र युरोपका कयौ देशमा नेपालीहरु स्थायी बसोबास गर्दछन । छिमेकी मुलुक भारतमा बसोबास गर्ने कयौ हजारको संख्यामा छन । प्राय विदेशमा बस्ने ८० प्रतिशत नेपालीहरुसँग दोहरो नागरिकता छ । उनीहरुको यहाँ रहेको सम्पतीमा पुरानै नागरिकताले कारोबार चलिरहेको छ । कसैले प्रश्न उठाएको छैन । अदालतको फैसला उनीहरुलाई नलाग्ने होर ? लाग्छ भने यो कति गंभिर कुरा छ । कयौको हक खोसिन्छ । कयौले कि त विदेश रोज्नु पर्ने कि त विदेश त्याग्न पर्ने अवस्था आउछ । यति संबेदनशिल विषयमा किन सरकार गंभिर बन्दैन ?

अहिले उनै व्याक्ति जसले रवि लाई मुद्धा हाल्यो उसले थप १२ जना विरुद्ध मुद्धा हालेका छन । अब हेर्नु यो छ यसलाई अदालती सक्रियता कसरी बढ्छ ? यति बढेन भने सवैले बुझ्ने कुरा प्रष्ट छ सवैको आँखाको कशिंगर रवि मात्रै हो । देश पुरै सेटिंग मा चलेको कुराको प्रमाण पुष्टि गर्ने यो दोश्रो मुद्धा लाई सवैले सुक्ष्म ढंगले नियाल्न जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...