Wednesday 28th October 2026

एसीसी प्रिमियर कपमा पहिलो खेलबाटै नेपालको विजयी शुरूवात


एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेशिया विरुद्ध सहज जित निकालेको हो। मलेशियाले दिएको २३६ रनको विजय लक्ष्य नेपालले ३६‍‍.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालका लागि भीम सार्कीले ७१ र कुशल मल्लले अविजित ७० रन जोडे। कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रनको योगदान दिए। 

पाँच छक्का र पाँच चौका सहित ४० बलमा ७० रन जोडेका मल्ल ‘प्लेयर अफ द म्याच’ भए। 

मलेशियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन जोडे। सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन–तीन, ललित राजवंशीले दुई र गुलशन झाले एक विकेट लिए। 

समूह ‘ए’ मा नेपाल, मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्। समूह बी’ अन्तर्गत आजै हङकङले सिंगापुरलाई आठ विकेटले पराजित गर्‍यो।

एसीसी प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ। 

नेपालले शुक्रबार ओमन र सोमबार साउदी अरेबियासँग खेल्ने तालिका छ। समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेल नेपालले १४ वैशाखमा कतारसँग खेल्नेछ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...