Wednesday 14th October 2026

एसीसी प्रिमियर कपमा पहिलो खेलबाटै नेपालको विजयी शुरूवात


एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेशिया विरुद्ध सहज जित निकालेको हो। मलेशियाले दिएको २३६ रनको विजय लक्ष्य नेपालले ३६‍‍.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालका लागि भीम सार्कीले ७१ र कुशल मल्लले अविजित ७० रन जोडे। कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रनको योगदान दिए। 

पाँच छक्का र पाँच चौका सहित ४० बलमा ७० रन जोडेका मल्ल ‘प्लेयर अफ द म्याच’ भए। 

मलेशियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन जोडे। सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन–तीन, ललित राजवंशीले दुई र गुलशन झाले एक विकेट लिए। 

समूह ‘ए’ मा नेपाल, मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्। समूह बी’ अन्तर्गत आजै हङकङले सिंगापुरलाई आठ विकेटले पराजित गर्‍यो।

एसीसी प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ। 

नेपालले शुक्रबार ओमन र सोमबार साउदी अरेबियासँग खेल्ने तालिका छ। समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेल नेपालले १४ वैशाखमा कतारसँग खेल्नेछ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...