Friday 9th October 2026

सुडानमा दुइ सुरक्षा निकायबिच द्वन्द्व चर्किदा ५६ जनाको मृत्यु


सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने करिब ६ सय जना घाइते भएका छन् । सुडानको राजधानीमा घण्टौंसम्म भएको झडपमा परी अहिलेसम्म कम्तीमा पनि ५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था गार्डियनले उल्लेख गरेको छ ।

मृत्यु हुनेमा १७ जना सैनिक रहेको सुडानको चिकित्सक संगठनले जनाएको छ ।

आरएसएफ र सेनाबीच भएको दोहोरो भीडन्तमा परी संयुक्त राष्ट्रसंघ र विश्व खाद्य संगठनका लागि काम गर्दै आएका ३ जनाको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

सन् २०२१ मा सैन्य कु भएपछि आर्मीले नै त्यहाँको राज्य सञ्चालन गर्दै आएको छ । सन् २०२१ अक्टुबर २५ मा सुडानी मिलिटरी जनरल अब्देल फत्ताह अल-बुरहानले सत्ता आफ्नो हातमा लिएपछि सुडानको राज्य सञ्चालन त्यहाँको सेनाले गर्दै आएको छ ।

सन् २०२१ मा सैन्य कु भएसँगै काउन्सिल अफ जनरलले राज्य सञ्चालन गर्दै आएको छ । सोही बिच राज्यकै अर्को सुरक्षा निकायको रुपमा रहेको आरएसएफ र सेनाबीच विवाद चल्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

प्रतिकृयाहरू
...