Tuesday 8th September 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४६ औं मुक्तक विशेष कव्य गोष्ठी भव्यताका साथ सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४६ औं मुक्तक विशेष कव्य गोष्ठी यहि मिति २०७९ साल चैत्र ८ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ मुक्तककार वियोगी बुढाथोकीको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा बुढाथोकीले चन्द्रागिरिको १४६ श्रृङ्खलामा सहभागी हुन पाउॅदा खुशी व्यक्त गर्नु हुॅदै मुक्तक सम्रचनाको बारेमा जानकाकारी गराउनु भयो । उहॅाले जुन विधा हो त्यही मात्र भनिएन भने भ्रम हुने भएकोले भरसक यसलाई लागु गर्नु पर्ने बताउनु भयो ।

विशिष्ठ अतिथि कलानिधि दाहालले विधागत कार्यक्रमले स्रष्टालाई सबै विधामा कलम चलाउन मद्दत पुग्छ भन्नु भयो ।गंगा लिगलले यो सस्थाले एक हप्ता पनि नछोडेर अवछिन्न् निरन्तर अगाडि बढेर १४६ श्रृङ्ला सम्म पुगेको छ अझ प्रगतिको कामना गर्दछु भन्नु भयो ा

चुडा निर्भिककाे कुशल उद्घघाेषणमा भएकाे काव्य उत्सबमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस उर्मिला पन्त,चुडा निर्भिक,लक्ष्मी प्रसाद मिश्र,सन्जना भवुक,अनुराधा थापा घनश्याम पौडेल,उत्तम भेटवाल, चुडा निर्भिक, झविकला घिमिरे सुरेश,सुशीला ढकाल।टेक ,तारा घिमिरे,उत्तम विपस्वि,सीता काफ्ले संगीत ठाकिर संगलगायत २३ जना सर्जकहरुले अा-अाफ्ना विशेष रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा पनि गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै अतिथिकलानिधि दाहाल विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया गित सुनाउनु भए पश्चात कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...