Sunday 18th October 2026

एकदिवसीय क्रिकेटमा नेपाल विश्वकपमा छनाैट, सरकारद्वारा जनही ३ लाख र वागमती सरकारद्वारा १ लाख पुरस्कार


नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ ।

अविश्वसनीय नतिजासँगै पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेपछि नेपाली क्रिकेट टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लाई बिहीबार डकवर्थ लेविस (डिएल) का आधारमा ९ रनले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो।

ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल्ने नेपालसहित नेदरल्यान्ड्स, जिम्बावे, ओमान र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन् । अन्य टिम छनोट हुन बाँकी छ ।

एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएपछि नेपाल सरकारले जनही ३ लाखका दरले पुरस्कृत गर्ने भएको छ भने वागमती प्रदेश सरकारले जनही १ लाखका दरले पुरस्कृत गर्ने भएको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...