Tuesday 21st March 2023

कुवेतमा शहिद लखन थापामगर गोल्ड कप १२ मे २०२३ मा आयोजना हुँदै


जय आले- नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा कुवेतमा सन् २०१४ देखी सञ्चालन गरिएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्टको तेश्रो संस्करण आगामी १२ मे २०२३ का दिन सम्पन्न गरिने आयोजक नेपाल मगर सँघ शाखा कुवेतले जनाएको छ।
कुवेतको नेपाली समुदायमा सन् २०१२ देखी कृयाशिल रहँदै आएको मगर सँघ कुवेतले लखन थापामगर गोल्ड कपको स्थापना गरि ०७ फेब्रुअरी २०१४ मा पहिलो संस्करण सम्पन्न गरेको थियो। जसमा S.D.F.C टिम बिजेता र आयोजक मगर सँघ कुवेत उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए।
यद्धपी, गोल्ड कपको दोश्रो संस्करण पश्चात विविध प्राविधिक कारण्हरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको गोल्ड कपलाई मगर सँघ कुवेतले ७ बर्ष लामो बिश्राम पश्चात पुन. निरन्तरता दिने भएको हो।
गत ०३ मार्च २०२३ शुक्रबारका दिन, कुवेतको फर्वानियास्थित गार्डेनमा अध्यक्ष बसन्त थापा मगरको अध्यक्षतामा बसेको १३१औं नियमित बैठकले शहिद लखन थापामगर गोल्ड कपलाई पुन सञ्चालनमा ल्याउने निर्णय गर्दै, कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी हुन आव्हान गरेको छ भने उक्त दिन कुनै पनि नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना नगरिदिनु हुन र जसलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग तथा सल्लाह, सुझाव दिनको लागि अनुरोध समेत गरेको छ।
कुवेतको कुनै एउटा सुविधा सम्पन्न स्टेडियममा आयोजना गरिने टुर्नामेण्टको लागि खेल मैदानको खोजी भई रहेको र तय हुन साथ पुन सूचित गरिने पनि मगर सँघ कुवेतले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...